Madhes Khabar
समाचार हेडलाइन

यातायात कार्यालयका अधिकृत र बिचौलिया घुससहित पक्राउ

हेटौंडा,१२फागुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले यातायात व्यवस्था कार्यालय हेटौंडामा कार्यरत छैटौं तहका अधिकृत अमृत भेटुवाल र एक बिचौलियालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

सवारी सरुवा सहमतिको कामका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई ११ हजार ५ सय रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

आयोगले अधिकृत भेटुवाल र पौडेल दुवैलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको छ। यस्तै उनीहरूको साथमा रहेको ३ थान मोबाइल सेट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ।

 

Related posts

ऐतिहासिक र धार्मिक स्थलहरूको विकासले मात्र वीरगन्जको समग्र विकास हुन्छ : मेयर सिंह

MadhesKhabar

सत्तारुढ दलको भएपनि सरकारले मनलाग्दी गर्दा त्यसको पक्षमा ताली बजाउदैनौं : पूर्वमन्त्री यादव

MadhesKhabar

मधेस प्रदेशका १ लाख ८१ हजार श्रमिकहरु वैदेशिक रोजगारीमा

MadhesKhabar

Leave a Comment