Madhes Khabar
स्थानिय हेडलाइन

ऐतिहासिक र धार्मिक स्थलहरूको विकासले मात्र वीरगन्जको समग्र विकास हुन्छ : मेयर सिंह

वीरगन्ज,२८पुसःवीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले काम गर्नेहरुकै आलोचना हुने गरेको बताएका छन् ।वीरगन्जको साउथजोन माविद्वारा विद्यार्थीका लागि आयोजित एक दिने उत्प्रेरणा प्रशिक्षण कार्यक्रमको समुद्घाटन गर्दै मेयर सिंहले भने,‘ काम गर्नेहरुकै आलोचना हुने गर्छ । जो हाँत बाँधेर घरमा बस्छ उस्को बारेमा टीकाटिप्पणी त्यति हुदैन । मैले आलोचनालाई सकरात्मक रुपमा लिएर त्यसमा सुधार गर्दै वीरगन्जको हितमा काम गर्ने गरेको छु।’

मेयर सिंहले वीरगन्जमा भइरहेका विकासका कामबारे सत्यतथ्य जानकारी राखेरमात्र आफ्नो धारणा बनाउन आग्रहपनि गरे । वीरगन्जका ऐतिहासिक र धार्मिक स्थलहरूको जानकारी सबै वीरगन्जबासीले राख्नुपर्नेमा जोड दिदैं उनले वीरगन्जका ऐतिहासिक र धार्मिक स्थलहरूको विकासले मात्र यस क्षेत्रको समग्र विकास सम्भव हुने बताए ।

वीरगञ्जका सामुदायिक र नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वीरगन्जको इतिहास र सांस्कृतिक धरोहरहरुका बारेमा जानकारी गराउन शिक्षक र अभिभावकहरुसंग अनुरोधपनि गरे ।

उक्त प्रशिक्षणमा सहभागी साउथ जोन मावि र मूनलाइट माविका कक्षा ९ र १० का विद्यार्थीहरूलाई प्रशिक्षक डा. तारा गिरीले प्रशिक्षण दिएका थिए ।

साउथ जोन माविका प्रधानाध्यापक सरोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्यायलगायतलेपनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमको सहजीकरण साउथ जोन माविका सहायक प्रधानाध्यापक तथा प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गरेका थिए ।

Related posts

पर्सामा एक महिनामै प्रहरीले बरामद गर्यो करिब ६ करोड मूल्यको तस्करीको सामान

MadhesKhabar

पर्साका दलित र सुुकुम्बासीलााई जग्गा दिलाउन सहयोग गर्न आयोगका अध्यक्ष रिजालको आग्रह

MadhesKhabar

बारामा एउटै गाउँका ३ जनाको शंकास्पद मृत्यु

MadhesKhabar

Leave a Comment