Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

बाराको नकटुवामा रहेको शीव मन्दिरमा कस्ले गर्यो तोडफोड ?

बारा,१४साउन :बाराको प्रसौनी गाँउपालिका वडा नम्बर १ नकटुवामा रहेको शीव मन्दिरमा उच्छृखल समुहले तोडफोड गरेको छ ।शनिबार राति शीव मन्दिरभित्रै पसेर केहि व्याक्तिहरुले तोडफोड गरेका हुन् । उनिहरुले मन्दिरभित्र रहेको शीवलिङ्ग, त्रिुशल, धातुको नाग देवताको मूर्ती लगायतमा तोडफोड गरेका हुन् ।

मन्दिरभित्र तोडफोड गर्नेमध्येका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक प्रकाश सापकोटाले जानकारी दिए । उनका अनुसार, तोडफोडमा संलग्न रहेको आरोपमा फरक धर्म समुदायका स्थाानीय तीन जनाको नाम किटानी गरेर स्थानीयबासीले प्रहरीमा जाहेरी दिएका छन् ।

उक्त जाहेरीका आधारमा दुई जनालाई नियन्त्रणमा लिएको र अर्का एक जना भने फरार रहेकोे प्रहरी नायब उपरीक्षक सापकोटाले बताए । अहिले नियन्त्रणमा लिइएका दुई जनाको नाम आरोप पुष्टि भएपछि मात्र सार्वजनिक गरिने उनले बताए । उनले भने,‘ ३ जनाको नामसहित जाहेरी परेको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । आरोप पुष्टि भयो भने प्रहरीले कानून अनुसार मुद्धा दर्ता गरेर कारबाही प्रकृया अगाडि बढाउँछ । अनि नामपनि सार्वजनिक गर्छ ।’

 

Related posts

वीरगञ्जमा रात्रीकालिन खाना तथा सांस्कृतिक मेला आज पनि जारी

MadhesKhabar

सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा राख्न सरकारसँग माग

MadhesKhabar

न्याय माग्दै माईस्थानका स्थानीय अदालतमा

MadhesKhabar

Leave a Comment