Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

बाराको नकटुवामा रहेको शीव मन्दिरमा कस्ले गर्यो तोडफोड ?

बारा,१४साउन :बाराको प्रसौनी गाँउपालिका वडा नम्बर १ नकटुवामा रहेको शीव मन्दिरमा उच्छृखल समुहले तोडफोड गरेको छ ।शनिबार राति शीव मन्दिरभित्रै पसेर केहि व्याक्तिहरुले तोडफोड गरेका हुन् । उनिहरुले मन्दिरभित्र रहेको शीवलिङ्ग, त्रिुशल, धातुको नाग देवताको मूर्ती लगायतमा तोडफोड गरेका हुन् ।

मन्दिरभित्र तोडफोड गर्नेमध्येका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक प्रकाश सापकोटाले जानकारी दिए । उनका अनुसार, तोडफोडमा संलग्न रहेको आरोपमा फरक धर्म समुदायका स्थाानीय तीन जनाको नाम किटानी गरेर स्थानीयबासीले प्रहरीमा जाहेरी दिएका छन् ।

उक्त जाहेरीका आधारमा दुई जनालाई नियन्त्रणमा लिएको र अर्का एक जना भने फरार रहेकोे प्रहरी नायब उपरीक्षक सापकोटाले बताए । अहिले नियन्त्रणमा लिइएका दुई जनाको नाम आरोप पुष्टि भएपछि मात्र सार्वजनिक गरिने उनले बताए । उनले भने,‘ ३ जनाको नामसहित जाहेरी परेको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । आरोप पुष्टि भयो भने प्रहरीले कानून अनुसार मुद्धा दर्ता गरेर कारबाही प्रकृया अगाडि बढाउँछ । अनि नामपनि सार्वजनिक गर्छ ।’

 

Related posts

मधेसमै उत्कृष्ट सेवा दिए बापत वीरगन्ज हेल्थकेयर हस्पिटल सम्मानित हुदैं

MadhesKhabar

नारायणी अस्पतालको आकस्मिक कक्ष अस्तव्यस्त :डाक्टर र बेड अपुग हुदाँ बिरामीलाई सास्ती

MadhesKhabar

छठपूजा मनाउन बारामा एकल र बिपन्न ३ सय महिलाहरुलाई साडी वितरण

MadhesKhabar

Leave a Comment