वीरगन्ज,०३ बैशाख : पर्सामा सकृय राजनीतिक दलहरुले वीरगन्जमा सामाजिक सदभाव र शान्तिका लागि अपिल गरेको छ । वीरगन्जमा बुधबार दिउँसो बसेको सर्वदलीय बैठकपछि एक विज्ञप्ति जारी गर्दै दलहरुले वीरगन्जमा हनुमान जन्मोत्सवको शोभा यात्रामा भएको घटना यता केहिदिनदेखि सामुदायिक विवाद,आपसी द्वन्द्ध र मनमुटावप्रति सबै राजनीतिक दलको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विवाद र द्वन्द सुरु भएकै दिनदेखि विभिन्न चरणमा विभिन्न समुदाय र स्थानीय प्रहरी प्रशासनसंग राजनीतिक दलहरु निरन्तर संवाद र छलफलमा रहेको सर्वदलीय बैठकले जनाएको छ ।अतः समुदायमा सदियौंदेखिको भाइचारा, सामाजिक र धार्मिक सदभावसंग मिलेर बसेको हिसाबले अब उप्रान्त यसलाई खण्डित गर्ने खालका अभिव्यक्ति वा टिप्पणी कुनैपक्षबाट व्यक्त नगर्न सर्वदलीय बैठकले अनुरोधपनि गरेको छ ।

सर्वदलीय बैठकमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी,नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, रास्वपा पर्साका सभापति हरि पन्त, जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, नेकपा एकिकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा,जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ,राप्रपाका पन्नालाल पटेल र जसपाका तबरेज अहमदको उपस्थिती थियो ।

