Madhes Khabar
राजनीति हेडलाइन

प्रधानमन्त्री सहित शीर्ष नेताहरुले भने : मधेस र देशका लागि उपेन्द्र यादवले नै जित्नुपर्छ

मधेसखबर
वीरगन्ज,७ बैशाख : बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन प्रधानमन्त्री सहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु आफै बारामा पुगेर मतदातालाई आह्वान गरेका छन् ।

बिहीबार बाराको बरियापुरमा आयोजित गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड सहित पाँच दलका शीर्ष नेताहरुले उपेन्द्र यादवले जिते गठबन्धन र अहिलेको सरकार पाँच वर्ष सम्म टिक्ने दाबी गरे ।गठबन्धन र सरकारलाई पाँच वर्षसम्म टिकाउन बारा २ मा जसपा अध्यक्ष यादवको जित आवश्यक भएको पनि उनिहरुले बताए । यादवलाई जिताउन आह्वान गर्ने क्रममा उनिहरुले बारा २ को विकास र समृद्धिका लागि विभिन्न महत्वकांक्षी योजनाहरु ल्याउने आश्वासन पनि मतदातालाई दिए ।

आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनलाई मजबुत बनाउन बारा २ बाट उपेन्द्र यादवको जित अति आवश्यक भएको बताए । यसका साथै संविधान , लाकेतन्त्र र मधेसका अधिकारको रक्षाको निम्ति पनि संसदमा उपेन्द्र यादवको उपस्थिती आवश्यक भएको उनले बताए ।

प्रचण्डले भने,‘साच्चै भन्नु पर्दा गठबन्धनमा उपराष्टपति पद माओवादीको भागमा परेको थियो तर उपेन्द्र जीले नै जसपालाई एउटा राम्रो पद चाहियो भेृपछि ल तपाइ नै लिनुस् भनेर मैले रामसहाय यादवलाई छोडेको हु , आज यो कुरा भन्न पाउँदा मलाई उप्न्द्र जीमाथि गर्व महससु भइरहेको छ ।

उपेन्द्र यादव जस्तो विकासप्रेमी र योग्य नेता पाउने बारा २ का जनता साच्चै भाग्यमानी भएको उनले् बताए । प्रधानमन्त्री प्रचण्डले भने,‘ बारा २ मा उपेन्द्र यादवले मात्रै जित्दै हुनुहुन्न्न पाँच दलीय गठबन्धनले नै जित्दैछ , पाच दलीय गठबन्धनले मात्रै होइन यो देशको संघीय लोकतान्त्रिक गणतन्त्रले पनि जित्दैछ । मधेस र पहाड बिचको राष्ट्रिय एकताले पनि जित्दैछ ।

यसैक्षेत्रबाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएर बारा २ खाली भएपछि उपेन्द्र यादवलाई आफुले नै उपनिर्वाचन लड्न पठाएको प्रधानमन्त्री प्रचण्डको जिकिर थियो । उनले भने,‘ बारा २ खाली भएपछि मैले नै उपेन्द्र जीलाइै जानुस् चुनाव जितेर आउनुस् भनेर पठाएको हु । बारा २ मा गठबन्धनका उम्मेदवार यादवको विजय भनेको मधेसको विजय हुनेछ , देशको विजय हुनेछ , लोकतन्त्रको विजय हुनेछ , गठबन्धनको विजय हुनेछ ।

बारा २ मा उपेन्द्र यादवलाई जिताउनका लागि प्रधानमन्त्री प्रचण्डले बारामा विभिन्न महत्वकांक्षी योजनाहरुको आश्वासन पनि दिए । उनले राष्ट्रिय गौरबको आयोजना निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरि निर्माणको काम सुरु गरिने बताए ।
विश्वप्रसीद्ध महागढीमाई मन्दिरलाई धार्मिक पर्यटन स्थलका रुपमा विकास गर्न सरकारले गढीमाई विकास कोष स्थापना गरि काम अगाडि बढाउने उनले बताए ।

छिट्टै नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराएर नागरिकताको समस्या पनि समाधान गरिने उनले बताए ।
प्रचण्डलले भने,‘ बारा २ बाट उपेन्द्र यादवलाई जिताएर पठाउनुस् , बारा मात्र होइन मधेसमा विद्यमान सबै समस्याहरुको समाधान गर्ने जिम्मा पाँच दलीय गठबन्धनको हुनेछ , प्रधानमन्त्रीको हैसियतले म सधैं उपेन्द्र यादव जीको साथमा खडा रहनेछु ।
नेपाली कांग्रेसका सभापति एंव पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपेन्द्र यादव अत्यन्तै योग्य र कर्मठ नेता भएकाले अत्याधिक मत दिएर जिताउन बारा २ का मतदातलाई अपिल गरे ।

देउवाले भने,‘ म प्रधानमन्त्री भएका बेला मन्त्रीका रुपमा रहदा उपेन्द्र जीले मधेसका लागि पटक पटक झगडा गर्नु हुन्थ्यो , त्यसकारण बारा र मधेसका लागि उहाँको जतिको योग्य र कर्मठ नेतालाई जिताएर संसदमा पठाउन अतिआवश्यक छ । यादवको जितले पाँच दलीय गठबन्धनलाई अझ मजबुत बनाउने उनको पनि भनाई थियो ।

नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उपेन्द्र यादव मधेसका मात्र नभइ पुरा देशको नेता भएको जिकिर गरे । नेपालले भने,‘ यदि पाँच दलीय गठबन्धन मजबुत भयो भने यो सरकारलाई पाँच वर्ष सम्म कसैले हल्लाउन पनि सक्दैन , त्यसैले यो गठबन्धनलाई मजबुत बनाउन पनि बारा २ बाट उपेन्द्र यादवको जित अपरिहार्य छ ।

आमसभामा सहभागी जनताको उपस्थितीले पनि बारा २ मा गठबन्धनका उम्मेदवार यादवको जित सुनिश्चित भएको संकेत गरेको पनि नेपालले बताए । उनले भने,‘ आजको यो जनसागर देख्दा भन्न मन लाग्यो जित गया भाई जित गया उपेन्द्र यादव जित गया (जितीसक्यो भाइ जितिसक्यो उपेन्द्र यादवले जितिसक्यो ) ।नेपालले पनि निजगढ अन्र्तराष्ट्रिय विमानस्थल यहि गठबन्धन सरकारले निर्माण गर्ने दाबी पनि गरे । उनले भने,‘ छिट्टै सरकारले निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको शिलान्यास गरेर निर्माणको काम सुरु गर्छ ।

जसपाका अध्यक्ष एंव बारा २ मा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवले रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको बारा २ मा पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले आफुलाई चुनाव लड्न पठाएको बताए ।यादवले भने,‘ बाराका जनताको सेवा र विकासका लागि प्रधानमन्त्रीसहित गठबन्धनका शीर्षनेताहरुले नै मलाई बारा २ मा चुनाव लड्न पठाउनु भएको हो ।

बारा २ का मतदातालाई आफनो पक्षमा पार्न यादवले पनि विभिन्न आश्वासनहरु दिए । यादवले निजगढ अन्र्तराष्ट्रि विमानस्थल निर्माणको काम यथाशीघ्र सुरु गराउन सरकारलाई दबाब दिने बताए । यस्तै नागरिकताको समस्या समाधान छिट्टै हुने , गढीमाई मन्दिरलाई अन्र्तराष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रुपमा विकास गरिने , घरबार विहिन विपन्न र दलितहरुलाई जनता आवास कार्यक्रम मार्फत घर उपलब्ध गराउने यादवले बताए ।

यादवले भने,‘ गठबन्धनको उम्मेदवार मलाई जिताएर संसदमा पठाउनुस् , बाराका सारा समस्याहरु समाधान गर्छु र सरकारबाट गराउछु ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अचानक अस्वस्थ्य भएका कारण आमसभामा सहभागी हुन नसकेपछि उनको तर्फबाट पार्टीका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले आमसभालाई सम्बोधन गर्दै यादवका लागि मत मागे । सोनलले अहिलेको पाँच दलीय गठबन्धनलाई अझ मजबुत बनाई पाँच वर्ष सम्म टिकाउनका लागि पनि बारा २ मा जसपा अध्यक्ष यादवको जित अपरिहार्य भएको बताए ।

यसका साथै संघीयता र लोकतन्त्रलाई संस्थागत गर्न तथा मधेस प्रदेशलाई मजबुत बनाउन पनि संसदमा यादवको उपस्थिती आवश्यक भएकाले जिताएर संसदमा पठाउन उनले बारा २ का मतदातासंग अपिल गरे ।

देशको विकास , समृद्धि , संघीयताको कार्यान्वयन , सत्य र न्यायको रक्षाको लागि पाँच दलीय गठबन्धन बनेको सोनलले प्रस्ट्याए ।
गठबन्धनको चुनावी आमसभामा मधेस प्रदेशका आठ वटै जिल्लाबाट पाँच दलका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

 

Related posts

वीरगन्जकी आयुषा बनिन् पर्सा जिल्ला कै कान्छी पाइलट

MadhesKhabar

पर्सामा डा. सिके राउतको उपस्थितीमा हुने कार्यक्रमलाई भव्य बनाउने जनमत पार्टीको निर्णय

MadhesKhabar

वीरगन्ज–१६ मा आयोजित कार्यक्रममा जसपाका संघीय परिषद सदस्यसहितका नेताहरु एमालेमा प्रवेश

MadhesKhabar

Leave a Comment