वीरगन्ज,१७माघःवीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा पनि शनिबार नेकपा एमालेको वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमालेको वडा कमिटीले आयोजना गरेको वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा जसपाको संघीय परिषद सदस्य लालदेव यादव, वीरगन्ज महानगर सचिव फरीद आलम र इकाई कमिटी अध्यक्ष अरुण यादव लगायतका सयौं नेताकार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।
कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादव, एमालेका केन्द्रिय सदस्य तथा वीरगन्ज महानगरका पूर्वमेयर विजय सरावगीले नवप्रवेशीहरुलाइ अबीरटीका लगाउँदै गम्छा परिर्याएर पार्टीमा स्वागत गरे ।
उक्त कार्यक्रममा एमाले नेताहरु नवराज शर्मा,सुन्दर कुर्मी,मानदेव हजरा, उमेशलाल सहनी लगायतकाकोपनि सहभागिता थियो ।

