Madhes Khabar
राजनीति

मधेसी दलहरु समाप्त हुने बाटाेमा छन् : राजेन्द्र महत्तने

राजविराज,१०पुष: लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले मधेसवादी भनिएका दलहरू समाप्त हुने बाटोमा रहेको बताएका छन् । नेता महतोले जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकार छोडेर संघर्षमा नआए समाप्त हुने तथा नया शक्तिको उदय हुने बताएका हुन् ।

सप्तरीको राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता महतोले मधेस आन्दोलनलाई राज्यले अपराधीकरण गरिरहेको र त्यो सरकारमा मधेसवादी पार्टी सामेल रहनुले उनहरूले समाप्तिको बाटो रोज्नु जस्तै रहेको बताए । नेता कार्यकर्तामाथि मधेस अन्दोलनकै कारण आजीवन कारावास भइरहँदा एक थान मन्त्रीका लागि सतामा टाँसिइरहनु मधेसवादी दलहले समाप्तिको बाटो रोज्नु जस्तै भएको महतोको भनाइ छ ।

मधेस आन्दोलनका क्रममा महोतरीमा भएको सुरक्षाकर्मीको हत्याको विषयमा अभिराम शर्मासहितलाई आजीवन कारावाससहितको सजाय भइरहँदा मधेसवादी दल चुप लागेर बस्नु मधेस आन्दोलनलाई अपराधीकरण गर्ने र्फको सरकारी सोचमा समर्थन गर्नु रहेको महतोको भनाइ छ ।

‘मधेस आन्दोलन तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएको थियो,’ नेता महतोले भने,‘मधेस आन्दोलनमा लागेकाहरूलाई मुद्दा लगाएर आजीवन कारावास हुँदै गर्दा आह्वानकर्ता दल र तिनका नेताको चुप्पी शंकास्पद छ ।’

नेता महतोले झापा विद्रोह, र माओवादीको ‘जनयुद्ध’ लाई विद्रोह मान्ने तर मधेस आन्दोलनलाई अपराध मान्ने काम भए मधेसमा नयाँ शक्तिको उदय हुने पनि चेतावानी दिए । महतोले आफ्नै पार्टी लोसपालाई ‘लोसे पार्टी’को संज्ञा दिए । लोसपामा आन्तरिक संघर्ष चर्किएको उल्लेख गर्दै भने, ‘लोसपालाई अब मान्छेले लोसे पार्टी भन्न थालिसकेका छन् ।’ साभार:ईकान्तिपुरबाट

Related posts

युवा सभापति गगन थापाले हाँकेको कांग्रेस नै अहिलेको सबैभन्दा नयाँ पार्टी हो : पूर्वमन्त्री रमेश रिजाल

MadhesKhabar

मधेसमा कांग्रेसका बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा : पर्साबाट ४० जनाले गरे हस्ताक्षर

MadhesKhabar

एमालेका वडा अध्यक्ष उम्मेद्वार सर्राफ लाेसपा प्रवेश, साेनल र श्रेष्ठले गरे स्वागत

MadhesKhabar

Leave a Comment