Madhes Khabar
राजनीति

एमालेका वडा अध्यक्ष उम्मेद्वार सर्राफ लाेसपा प्रवेश, साेनल र श्रेष्ठले गरे स्वागत

मधेसखबर
वीरगन्ज ,३० कार्तिक : बारा क्षेत्र नम्बर ४ काे (ख) मा पाँच दलीय गठबन्धन प्रति जनताकाे समर्थन निरन्तर बढ्दाे क्रममा रहेकाे छ ।

चुनावकाे दिन नजिकिदै जादा त्यस क्षेत्रमा प्रतिनधिसभा सदस्य उम्मेदवार कृष्णा कुकार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र साेनलकाे पक्षमा माहाेल बन्दै गइरहेकाे छ ।

यसै क्रममा गत स्थानिय तहकाे निर्वाचनमा विश्रामपुर गाँउपालिका वडा नम्बर ५ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदमा चुनाव लडेका सन्ताेष सर्राफ लाेसपामा प्रवेश गरेका छन् ।

सर्राफलाई लाेसपाका मधेस प्रदेश अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्यका उम्मेदवार साेनल र प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रेष्ठले अबीर टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

लाेसपा प्रवेश गरेका सर्राफले मधेस र मधेसीका मुद्दा प्रति एमालेकाे नीति र रवैया ठिक नभएकाेले आफुले एमाले परित्याग गरि लाेसपा प्रवेश गरेकाे बताए। उनले आसन्न निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेद्वार श्रेष्ठ र साेनललाई जिताउन दिलाेज्यानले लाग्ने प्रतिबद्धता पनि जनाए।

Related posts

प्रचण्ड सरकारले खाेल्न नसकेका सबै फाइल ओेली सरकारले खाेल्छ : मन्त्री गुप्ता

MadhesKhabar

माओवादीले गरेको ५ खर्बको भौतिक क्षति प्रचण्डको सम्पत्तिबाट असुल्नु पर्छः ज्ञानेन्द्र शाही

MadhesKhabar

नवनियुक्त खानेपानीमन्त्री यादवले भने :सबैमा खानेपानीको पहुँच सुनिश्चित गर्नु मेरो प्राथमिकता

MadhesKhabar

Leave a Comment