Madhes Khabar
राजनीति समाचार

वीरगञ्ज–३२ नवकटोलामा कांग्रेस उम्मेदवार रुँगटाको अगुवा कार्यकर्तासँग भेटघाट

वीरगञ्ज ४,फागुन :पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुँगटाले वीरगञ्ज महानगरपालिका–३२ नवकटोलामा अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गर्दै घरदैलो अभियानलाई थप तीव्रता दिने घोषणा गरेका छन्।

भेटघाट कार्यक्रममा रुँगटाले निर्वाचन केवल मत माग्ने प्रक्रिया मात्र नभई जनभावना बुझ्ने र समाधान प्रस्तुत गर्ने अवसर भएको उल्लेख गर्दै संगठनलाई एकताबद्ध बनाएर विजय सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।

उनले विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार, युवाका लागि स्वरोजगार तथा उद्यमशीलता, महिलाको सशक्तीकरण, कृषि र व्यापारको आधुनिकीकरण तथा पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, नेपाल महिला संघ पर्साकी किरण शर्मा, क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ लगायतका वरिष्ठ नेता तथा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अगुवा कार्यकर्ताहरूले क्षेत्रीय समस्या, जनआवश्यकता र चुनावी रणनीतिबारे महत्वपूर्ण सुझाव राख्दै संगठन सुदृढीकरण र निरन्तर संवादको आवश्यकता औंल्याए।

Related posts

पर्साकाे देवरियाबाट ठुलाे परिमाणमा चरेस र गाँजा बरामद

MadhesKhabar

मधेस विरोधी एमाले र जसपासंग चुनावमा मधेसी जनताले जवाफ माग्नु पर्छ : रमेश रिजाल

MadhesKhabar

धोबिनीका मतदाता माझ कांग्रेस उम्मेदवार रिजालले भने : ‘बदलियो कांग्रेस, अब बदल्छौं देश’

MadhesKhabar

Leave a Comment