Madhes Khabar
समाचार हेडलाइन

पर्साकाे देवरियाबाट ठुलाे परिमाणमा चरेस र गाँजा बरामद

फाइल फाेटाे

वीरगन्ज ,३० जेष्ठ : पर्साकाे देवरियाबाट प्रहरीले ठूलो परिमाणमा लागुओैषध चरेस र गाँजा बरामद गरेकाे छ ।

पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ५ देवरियाबाट मंगलबार बिहान प्रहरीले चरेस २० केजी र गाँजा १२ केजी बरामद गरेकाे हाे ।

विशेष सुचनाकाे आधारमा प्रहरी चाैकी रंगपुरटाँडीबाट प्रहरी सहायक निरीक्षक माेहन नारायण यादवकाे नेतृत्वमा खटिएको प्रहरी टाेलीले मंगलबार बिहान ३ बजेकाे समयमा देवरियाबमट चरेस र गाँजा बरामद गरेकाे पर्साका प्रहरी उपरीक्षक काेमल शाहले जानकारी दिए ।

चरेस र गाँजा तस्करहरु भने प्रहरीकाे टाेलीलाई देख्नेबित्तिकै चरेस र गाजाँकाे पाेका फ्याँकेर फरार भएकाले उनिहरुलाई पक्राउ गर्न नसकिएको प्रहरी उपरीक्षक शाहले बताए ।

Related posts

जेनजी आन्दोलनमा वीरगन्जका मेयरको घरमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

MadhesKhabar

वीरगन्ज गोल्डकप फुटबल : सडन डेथमा पुलिससंग आयोजक वीरगन्ज स्तब्ध

MadhesKhabar

वीरगन्जमा पनि इर्द पर्बको उल्लास

MadhesKhabar

Leave a Comment