वीरगन्ज,१२माघःनेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय सचिवमा पर्साका मिरोज अहमद निर्विरोध निर्वाचित भएका छन् ।नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा केन्द्रिय सचिव (मुस्लिम) मा मिरोजको मात्रै उम्मेदवारी परेकाले उनि निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्य रहेका मिरोज अहमद ३३ जना पदाधिकारी मध्ये सचिवमा निर्विरोध निर्वाचित भएका हुन् ।सचिवमा निर्विरोध निर्वाचित भएका अहमदले शिक्षालाई प्रविधिसँग जोड्ने र गुणस्तरिय शिक्षाको पहुँच सुनिश्चित गर्न केन्द्रीत रहदै शैक्षिक क्रान्तिमा साथ र सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अध्यक्ष,उपाध्यक्षसहित अन्य पदाधिकारी तथा सदस्यहरुका लागि भने शनिबार निर्वाचन भइरहेको छ ।केन्द्रीय उपाध्यक्षमा शिवम कुमार साह, उपमहासचिवमा विवेक कुमार साह, सचिवमा संदीप विक्रम साह, अभिषेकराज ठाकुर लगायतले उम्मेदवारी दिएका छन् ।

