Madhes Khabar
राजनीति

पर्सामा डा. सिके राउतको उपस्थितीमा हुने कार्यक्रमलाई भव्य बनाउने जनमत पार्टीको निर्णय

वीरगन्ज,१३बैशाखः जनमत पार्टीको वीरगन्ज महानगर समितिको विस्तारीत बैठकले पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको उपस्थितीमा पर्सामा हुने कार्यक्रमलार्य भव्य बनाउने निर्णय गरेको छ ।

वीरगन्जस्थित पार्टी कार्यालयमा शनिबार महानगर अध्यक्ष महादेव शर्माको अध्यक्षतामा बसेको बैठकले १४ दिन पछि अर्थात बैशाख २७ गते पार्टी अध्यक्ष राउतको उपस्थितिमा हुने कार्यक्रमलाई भव्य बनाउने निर्णय गरेको हो ।

मधेसको उत्थानका लागि जनमत पार्टी अहिले गाउँगाउँमा गएर जनताको समस्या बुझ्ने रणनीतिमा रहेको भन्दै जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले त्यही रणनीतिअनुरुप जनमत पार्टीले पर्साका विभिन्न पालिकाको जनताको समस्याबारे उच्च तहका नेतालाई जानकारी गराउने हेतुले कार्यक्रमहरु आयोजना गरिरहेको बताए ।

बैठकमा केन्द्रिय सदस्यहरु श्याम गुप्ता , रम्भा मिश्र, अनुराग द्विवेदी, अनिता रौनियार, नजमा खातुन, सन्तोष साह ,जिल्ला उपाध्यक्ष अमरनाथ सिह राठौर सहित ३२ वटै वडाका इकाइ अध्यक्षहरुको सहभागिता थियो ।

Related posts

रवि लामिछनेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

MadhesKhabar

पर्सागढीमा रास्वपाको नगर पार्टी कार्यालय स्थापना, पर्सा–२ का उम्मेदवार कानुले गरे उद्घाटन

MadhesKhabar

पर्साका ३ वटा निर्वाचन क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत, एउटामा विवाद कायमै

MadhesKhabar

Leave a Comment