Madhes Khabar
राजनीति हेडलाइन

रास्वपा पर्साले आगामी चुनावको उम्मेदवार चयनका लागि सार्वजनिक गर्यो ९ बुँदे शर्त

वीरगन्ज,१२मंसिरःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयनका लागि पार्टीले तय गरेका शर्तहरु सार्वजनिक गरेको छ ।

शुक्रबार वीरगन्जमा पत्रकार सम्मेलन नै गरेर रास्वपा पर्साले  उम्मेदवारको योग्यताका लागि ९ बुँदे शर्तहरु सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा रास्वपा पर्साका सभापति हरि पन्तले सार्वजनिक गरेको ९ बुँदे शर्तहरुमा उम्मेदवार हुने व्याक्ति नेपाली नागरिक हुनुपर्ने, २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने,अन्य राजनीतिक दलमा सक्रिय संलग्नता नरहेको र कुनै पनि किसिमको राजनीतितर्फको पदमा कुनै दाबी नरहेको हुनुपर्ने,भ्रष्टाचारजन्य कसुरमा नैतिक पतन हुने गरी सजाय पाएको वा प्रचलित कानुनबमोजिम अयोग्य नभएको हुनुपर्ने ,उम्मेदवारको पृष्ठभूमि र विगतको आय–स्रोत पारदर्शी भएको हुनुपर्ने,पार्टीको केन्द्रीय समितिलाई पूर्ण रूपमा विश्वास गरेको हुनुपर्ने,पार्टीको अनुशासन समितिले अयोग्य ठहर नगरेको हुनुपर्ने उल्लेख छ ।

सभापति पन्तले उम्मेदवार छनोट गर्दा पार्टीले जित्ने सम्भावना भएका, राजनीतिक प्रतिबद्धता र सामाजिक योगदान गरेकालाई प्राथमिकता दिनेपनि जनाए ।

पन्तले रास्वपाको समानुपातिक छनोट प्रक्रिया अरु पुराना दलभन्दा बिल्कुल फरक र पूर्ण रुपमा वैज्ञानिक र पारदर्शी हुने बताए । उनले रास्वपाले सम्पूर्ण देश ,मधेश र पर्सा जिल्लामा छरिएर रहेका क्षमतावान ,योग्य , विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाहरु लाई समानुपातिक कोटाबाट सांसद सम्म पुर्याउने बताए । पन्तले पुराना दलहरुले समानुपातिक निर्वाचन प्रणालीको मर्म विपरीत आफन्त र आफ्ना नजिकका कार्यकर्ताहरुलाई समानुपातिकमा पठाउने गरेकोले रास्वपाले त्यसलाई पुर्णरुपमा चिर्दै पारदर्शी रूपमा छनौट गर्न लागेको बताए । देशको लागि केही गर्न अठोट बोकेका तर पुराना राजनितिक दल अनि तिनीहरूको पार्टीगत संरचना अन्तर्गत प्रतिनिधि सभा सम्म पुग्न नसकेका हरूको निमित्त रास्वपाले यो मौका दिन लागेको पनि उनले बताए ।पन्तले रास्वापाले समानुपातिक निर्वाचनकाे उम्मेदवार छनोट प्रक्रिया पुर्णरुपमा निष्पक्ष र पारदर्शी हुने पनि बताए ।

यसका साथै रास्वपामा प्रवेश गर्ने इच्छुक व्याक्तिले यहि मंसिर २९ गतेभित्र आफ्नो आवेदन दिनपनि रास्वपाले अनुरोध गरेको छ।
पत्रकार सम्मेलमा रास्वपाका केन्द्रीय सदस्य डाक्टर नन्दन यादव, मधेस प्रदेश सञ्चार प्रमुख राम सर्राफ, मधेस प्रदेश संगठन विभाग उपप्रमुख प्रमोद कुमार, मधेस प्रदेश शिक्षा प्रमुख सबु कँडेल, उपप्रमुख सोनालाल पटेल, जिल्ला कोषाध्यक्ष दिलिप प्रसाद कुर्मी, जिल्ला सहसचिव तथा पर्सा संगठन प्रमुख कृष्ण पासवान, नेता पुरुषोत्तम उपाध्याय, प्रदीप पटेल लगायत नेता–कार्यकर्ताहरूपनि सहभागी थिए।

Related posts

नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय पर्साबीच उपचार सेवामा छुट दिने सम्झाैता

MadhesKhabar

युरोपियन एफइएसजीइ उपाधि पाउने पहिलो नेपाली चिकित्सक बने वीरगन्जका डा. राकेश झा

MadhesKhabar

पर्सामा एमालेकाे प्रतिनिधि छनाैटमा गुटगत विवाद, पार्टी कार्यालयमा तालाबन्दी

MadhesKhabar

Leave a Comment