Madhes Khabar
राजनीति हेडलाइन

सत्तारुढ दलको भएपनि सरकारले मनलाग्दी गर्दा त्यसको पक्षमा ताली बजाउदैनौं : पूर्वमन्त्री यादव

वीरगन्ज, ८ असार : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभभा सदस्य (सांसद) प्रदीप यादवले आफु सत्तारुढ दलको सांसद भएपनि सरकारले मनलाग्दी गर्दा त्यसको पक्षमा ताली नबजाउने बताएका छन् ।शुक्रवार प्रतिनिधि सभा बैठकमा जसपाको प्रमुख सचेतक समेत रहेका यादवले जसपा सत्तारुढ दल भएपनि सरकारको गलत कामको विरोध गर्ने बताए ।

निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको प्रसंग झिक्दै पुर्व वनमन्त्रीसमेत रहेका यादवले भने,‘ सरकारले वास्तवमै निजगढ अन्र्तराष्ट्रिय विमानस्थल बनाउन चाहेको छैन , यसमा सरकारले दोहोरो चरित्र देखाइरहेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले निजगढ विमानस्थल निर्माणका लागि १२ करोड १० लाख रुपैयाँ मात्रै विनियोजन गरेको भन्दै यादवले भने,‘ १२ करोड १० लाख बजेटले विमानस्थल बन्छ त ? नबनाउने नियत नै हो भने यति थोरै रकम विनियोजन गरेर नाटक किन गरेको सरकारले ? यसतर्फ म नागरिक उड्ययन तथा पर्यमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।

सांसद यादवले वीरगन्ज कारागार सुधारगृह नभई यातना गृह भएको टिप्पणीपनि गरे । क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको र भौतिक संरचनापनि अत्यन्त जीर्ण भइसकेको वीरगन्ज कारागार सुधारगृह नभइ यातना गृह बनेको उनले दोहोरयाए । वीरगन्ज कारागारमा कैदीहरूलाई शौचालय जान समेत समस्या रहेको उनको भनाइ छ । ‘त्यहाँको शौचालयको अवस्था पनि त्यस्तै छ,’ उनले भने, ‘विहान ४ बजेदेखि कैदीबन्दीहरू शौचालय जान लाइन लाग्छन् । दिसापिसाव पाइन्टमै गर्ने अवस्था छ ।’

यादवले भने,‘ यस बारे सदनमा मैले यसअघिपनि सरकारको ध्याानाकर्षण गराएको थियो तर नयाँ बजेटमा वीरगन्ज कारागारको स्तरोन्नत्ती गर्नका लाागि एक रुपैयाँपनि रकम विनियोजन गरिएको छैन । वीरगन्जसंगै देशभरका कारागारहरुको अवस्था दयनीय हुदाँपनि गृहमन्त्रीको ध्यानाकर्षण हुन नसक्नु दुखद भएको यादवले बताए ।

हालै चीनको भ्रमण गरेर फर्किएका पुर्व वनमन्त्री यादवले चीनसंग जोेडिएको नेपालको सीमामा नेपाली सुरक्षाकर्मीको पोष्ट खाली रहेको अवस्थामा भेटिएको बताए । उनले भने,‘ हालै चीन भ्रमणमा हामी सांसदहरुको टोली गएका थियौं , हुम्लाको हिल्सा नाकामा पुग्दा चीन तर्फ प्रहरी र सेना टन्नै थिए तर नेपाल तर्फको सुरक्षा पोष्ट भने खाली थियो , एक जनापनि प्रहरी थिएनन् । संवेदनशील नाकामा यस्तो चरम लापरवाही किन ? भन्दै उनले गृहमन्त्रीसंग प्रश्न गरे ।

यादवले चीनका नाकामा खटिएका नेपाली सुरक्षाकर्मीहरुको सेवासुविधा र बन्दोवस्तीमा सरकारले ध्यान नदिएका कारण त्यहाका नेपाली प्रहरीहरु अत्यााधिक चिसोले पोष्ट छाडेर अन्तै गएर बस्ने गरेको अवस्था पाइएको यादवले बताए । यसबारे गृहमन्त्री र प्रधानमन्त्रीले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

 

 

Related posts

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सदभाव कायम राख्न नेताहरूद्वारा अपिल

MadhesKhabar

आफ्नो गाँउठाँउकाे विकासका लागि सबै दल एकजुट हुनुपर्छ : मन्त्री गुप्ता

MadhesKhabar

निजगढ विमानस्थलको निर्माण कार्य द्रुत गतिमा हुन्छ :उपप्रधानमन्त्री यादव

MadhesKhabar

Leave a Comment