Madhes Khabar
राजनीति

राजेन्द्र महताेले छाडे लाेसपा

फाइल तस्बिर ।

काठमाडौं,१४फाल्गुन:लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् ।

काठमाडौंमा साेमबार आयाेजित कार्यक्रममा महतोले आँफुले लाेसपा छाडेकाे घाेषणा गरेका हुन्। उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणापनि गरेका छन् ।आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर महताेले उक्त अभियान घाेषणा गरेका हुन्।

राष्ट्रिय मुक्ति क्रान्ति अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने उनले बताए। उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउनसक्ने बताए ।

‘यो अभियान हो, यसले पार्टीको रुप ग्रहण गरिसकेको छैन’ महतोले भने, ‘यससँग विचार मिल्ने जो सुकै जोडिनसक्छन् ।’

लोपपा अध्यक्ष महन्थ ठाकुरले केहि समयपहिले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्ट महताेले मंसिरको केन्द्रीय समिति समेत बहिष्कार गरेका थिए ।

Related posts

बारामा सर्वेन्द्र खनाललाई ५१ किलोको माला

MadhesKhabar

जनकपुरका काँग्रेस नगरसभापति साहले गरे विद्रोह – मेयरमा स्वतन्त्रबाट लड्ने घोषणा

MadhesKhabar

पर्सामा विभिन्न दल त्यागेर ६०० कार्यकर्ता जनमत पार्टीमा प्रवेश,मुख्यमन्त्री सिंहले गरे स्वागत

MadhesKhabar

Leave a Comment