Madhes Khabar
राजनीति

राजेन्द्र महताेले छाडे लाेसपा

फाइल तस्बिर ।

काठमाडौं,१४फाल्गुन:लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् ।

काठमाडौंमा साेमबार आयाेजित कार्यक्रममा महतोले आँफुले लाेसपा छाडेकाे घाेषणा गरेका हुन्। उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणापनि गरेका छन् ।आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर महताेले उक्त अभियान घाेषणा गरेका हुन्।

राष्ट्रिय मुक्ति क्रान्ति अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने उनले बताए। उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउनसक्ने बताए ।

‘यो अभियान हो, यसले पार्टीको रुप ग्रहण गरिसकेको छैन’ महतोले भने, ‘यससँग विचार मिल्ने जो सुकै जोडिनसक्छन् ।’

लोपपा अध्यक्ष महन्थ ठाकुरले केहि समयपहिले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्ट महताेले मंसिरको केन्द्रीय समिति समेत बहिष्कार गरेका थिए ।

Related posts

देउवा पक्षले भन्याे : निर्वाचन आयाेगकाे निर्णय मान्दैनाै,राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौँ

MadhesKhabar

बारा आएर केपी ओलीले भने : कांग्रेसलाई छानबिन समिति होइन,सरकार चाहिएको छ

MadhesKhabar

कांग्रेस महामन्त्री गगन थापाले गरे सभापतिमा लड्ने घोषणा

MadhesKhabar

Leave a Comment