Madhes Khabar
राजनीति

बारा आएर केपी ओलीले भने : कांग्रेसलाई छानबिन समिति होइन,सरकार चाहिएको छ

वीरगन्ज,४जेष्ठःनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सहकारी ठगीको छानबिन समिति नभई सरकार चाहिएको छ ।

बाराको प्रसौनी गाँउपालिकाको नवनिर्मित प्रशासनिक भवनको शुक्रबार उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले भने,‘गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समितिको माग गरिरहेको कांग्रेसलाई छानबिन समिति चाहिएको होइन । उसलाई त सरकार चाहिएको छ ।’

सरकारबाट बाहिरिएर छट्पटाइरहेको कांग्रेस अहिलेको सरकारले गरिरहेका राम्रा कामबाट अत्तालिएको टिप्पणीपनि उनले गरे । संसदमा विभिन्न निहुँ खोजेर उसले संसद चल्न नदिएको ओलीले बताए । ओलीले भने,‘अहिलेको सरकार अरु कसैलेपनि बनाएको होइन । नेपालीले बनाएको सरकार हो ।यो कुुरा कांग्रेसलाई पचेको छैन ।’

भ्रष्टचारको कसूरमा अदालतबाट दोषी प्रमाणीत भईसकेका कांग्रेस सांसदहरुले नै संसदमा भ्रष्टचारको छानबिन हुनुपर्छ भनेर नारा लगाउनु हास्यास्पद रहेको टिप्पणीपनि ओलीले गरे । आँफुलाई लोकतन्त्रको मसिहा भनाउँदो कांग्रेसबाट संसदमा भइरहेको अराजकता अशोभनिय रहेको ओलीको भनाई थियो ।

एमालेले मिसन ८४ को नारा लिएर अगाडि बढिरहेको भन्दै एमाले अध्यक्ष ओलीले देशको विकास गर्नका लागि एमालेले नयाँ समिकरणको सरकार बनाएको जिकिरपनि गरे ।उनले भने,‘ जनता एमालेका साथमा छन् ।किनकि सरकारमा मौका पाउँदा एमालेले देशको विकास गरेको छ । मधेसको विकास गरेको छ ।देश विकासको जिम्मा एमालेले लिएको छ । आगामी दिनमा पनि जिम्मा लिन्छ ।उनले दल र संगठन निर्माणमा मात्र नभई गरिब, किसान, मजदुुरको आर्थिक जिवनस्तर उकास्ने काममा लाग्न पार्टीका नेताकार्यकर्तालाई निर्देशनपनि दिए ।

उद्घाटन कार्यक्रमलाई भौतिक विकासमन्त्री रघुवीर महासेठ, कृषिमन्त्री ज्वाला साह लगायतलेपनि सम्बोधन गरेका थिए ।

Related posts

इलाम-२ उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङ विजयी

MadhesKhabar

प्रचण्ड नेतृत्वको सरकारलाई सबैले सहयोग गरौं : सांसद यादव

MadhesKhabar

नेविसंघको केन्द्रीय सदस्यमा पर्सा र बाराबाट १८ जना मनाेनित

MadhesKhabar

Leave a Comment