Madhes Khabar
राजनीति

इलाम-२ उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम,१८बैशाख: इलाम क्षेत्र नम्बर २ काे प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का सुहाङ नेम्बाङ विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर बहादुर खड्कालाई ५ हजार ८३० मतले पछि पार्दै सुहाङ विजयी भएका हुन्।उनि २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन् ।

निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २१ हजार ९४२ मत ल्याए । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भएका छन् ।

रास्वपाका उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भएका छन् ।

बैशाख १५ गते भएको उपनिर्वाचनमा इलाम-२ मा ६९ हजार ३७४ मत खसेको थियो ।

गत भदौ २७ मा पूर्व सभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम-२ रिक्त थियो ।

Related posts

बिन्दवासिनीमा जसपा नेपालका अध्यक्षसहितका नेताहरु जसपामा प्रवेश

MadhesKhabar

स्वतन्त्र उम्मेद्वार रुपेशमानलाई जिताउने अभियानमा युवासंगै अग्रजहरु पनि

MadhesKhabar

बजार छपकैयामा राप्रपा उम्मेदवार नरेश साहको चुनावी घरदैलो

MadhesKhabar

Leave a Comment