Madhes Khabar
राजनीति

जातिय विभेद गर्नेहरु अपराधी हुन् : उपेन्द्र यादव

बारा,२७चैत: जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा २ मा सत्तागठबन्धनका साझा उम्मेदवार प्रतिनिधि सभा सदस्यका उमेदवार उपेन्द्र यादवले संघर्षबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नु पर्नेमा जोड दिएका छन् ।

साेमबार बाराकाे महागढीमाई नगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो तथा जनता दर्शन कार्यक्रममा बोल्दै नेता यादवले अहिलेको आवश्यता एकताको रहेको बताए ।

उनले भने, जब जब नेपालका लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिएका छन्, देशको लोकतन्त्र मजबुत भएको छ । अहिलेको मुल आवश्कता शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको सुधार तथा गरिबी, बेरोजगारी, जातिय विभेदलाई उन्मुलन रहेकोले उपनिर्वाचनमा गठबन्धनका उमेदवारलाई भोट दिन यादवले अपिल गरे ।

जातिय विभेद समाजिक अपराध भएकाले यस्ता क्रियाकलापमा लागेकाहरु अपराधी रहेको उनकाे भनाई थियाे । उनले केहि गैर लोकतान्त्रिक शक्तिहरु मधेसीलाई लडाएर निरकुंश सत्ता लादन खोजी रहेको कारण त्यस्ता शक्तिबाट सचेत रहन उनले आग्रह समेत गरे ।

गठबन्धनका उमेदवार यादवले सोमवार बिहान महागढीमाई नगरपालिकाको वडा नंबर १ सेमरा, वडा नंबर ६ को पत्थरहटी र बर्वा लगायतका टोलहरुमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका हुन् ।

घरदैलो कार्यक्रममा जनता समाजवादी पार्टीका नेता रामकिशोर यादव, नेपाली कांग्रेसका जिल्ला सभापति राजेशराय यादव, जसपा बाराका अध्यक्ष रामबाबु प्रसाद यादव, महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, कलैया अस्पतालका अध्यक्ष प्रकाश चौलागाई सहित गठबन्धन दलका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Related posts

उपेन्द्र यादवको पार्टी चम्चा बेल्चाहरुको झुण्ड हो : स्वास्थ्यमन्त्री प्रदीप यादव

MadhesKhabar

जसपाकाे केन्द्रीय कार्यकारिणी सदस्यमा मधेस प्रदेशबाट वीरगन्जका मेयर सिंह मनाेनित

MadhesKhabar

मधेसमा मुख्यमन्त्री नियुक्ति विवाद :प्रदर्शनकारी र प्रहरीबीच झडप, ५ प्रदर्शनकारीसहित १० जना घाइते

MadhesKhabar

Leave a Comment