Madhes Khabar
राजनीति हेडलाइन

पर्सामा काँग्रेसको चुनावी गतिविधी तिब्र , विभिन्न चुनावी समिति गठन

मधेसखबर
वीरगन्ज,२८ असोज : पर्सामा नेपाली काँग्रेसले चुनावी गतिविधीलाई तिब्रता दिएको छ ।यसै क्रममा शुक्रबार बसेको काँग्रेस पर्साको जिल्ला कार्य समितिको बैठकलले आगामी निर्वाचनलाइ लक्षित गरि विभिन्न निर्णय गरेको छ ।

वीरगन्ज स्थित पार्टी कार्यालयमा बसेको बैठकले जिल्ला उपसभापति अशोक कुमार गुप्ताको संयोजकत्वमा ५०१ सदस्यिय जिल्ला निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।यस्तै बैठकले नेता श्याम पोखरेलको संयोजकत्वमा जिल्ला स्तरीय निर्वाचन परिचालन समन्वय समिति पनि गठन गरेको छ ।

बैठकमा पर्सामा सत्तागठबन्धनका उम्मेदवारहरुलाइ जिताउन पार्टीका सबै तहका नेता कार्यकर्ताहरु आ आफनो तहबाट लाग्ने बारेमा छलफल पनि भएको बैठकमा सहभागी काँग्रेस युवा नेता धिरज कुमार गुप्ताले जानकारी गराए ।यस्तै केन्द्रको निर्णय अनुसार गठबन्धनका उम्मेदवारलाइ जिताउन पाँचै दलले सन्चालन गर्ने चुनावी गतिविधीमा काँग्रेस सकृय भएर लाग्ने बारेमा पनि नेताहरु बिच छलफल भएको उनले बताए ।

काँग्रेस पर्सााका सभापति जनार्दन सिंह क्षेत्रको अध्यक्षतामा भएको बैठक उपसभापति एंव पर्सा १ (क)का  उम्मेदवार राम नारायण कुर्मी , जिल्ला उपसभापति अशोक गुप्ता , जिल्ला सचिव दिनेश चौधरी , इम्तियाज आलम , सममानुपातिक उम्मेदवार शम्भु चौहान , क्षेत्रीय सभापति अरविन्न्द गुप्ता , युवा नेता विवेक चौरसीया लगायतको पनि सहभागीता थियो ।

Related posts

१० दिने पैदल अयाेध्या यात्रामा निस्किएका वीरगन्जका युवाहरुलाई मेयर सिंहले गरे विदाई

MadhesKhabar

जसपाका वडा इकाई अध्यक्ष यादवसहित २५० जना एमालेमा प्रवेश, पूर्वमन्त्री यादवले गरे स्वागत

MadhesKhabar

वीरगन्जको रक्त सञ्चार केन्द्रमा रगतकाे अभाव भएपछि ३९ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment