Madhes Khabar
स्थानिय हेडलाइन

बारामा गाजा खेती फडानी गर्ने अभियान फेरि शुरु

वीरगन्ज,११पुस : बारामा प्रहरीले फेरि गाजा खेती नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ । निर्वाचनका कारण केहि महिना रोकिएको गाजा खेती फाडानी अभियान सोमबार देखि फेरि शुरु गरेको हो ।

यसैक्रममा सोमबार निजगढमा प्रहरीले ठूलो परिमाणमा गाजा खेती फडानी गरेको छ । निजगढ नगरपालिका वडा नम्बर १२ र १३ मा पर्ने कुलियामा लगाइएको गाजा खेती प्रहरीले फडानी गरि नष्ट गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कुलियामा १७ कठ्ठा जग्गामा लगाइएको गाजाको बोट फडानी गरेपछि जलाएर नष्ट गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेस थापाले जानकारी दिए ।गाजा रोप्ने व्याक्तिको भने खोजी भइरहेको उनले बताए ।

Related posts

वीरगन्जको केएफसी रेष्टुरेन्टमा महानगरको छड्के अनुगमन

MadhesKhabar

नारायणी अस्पतालका नयाँ मेसु दासले आजदेखि कार्यभार सम्हाले, प्रभावित सेवाहरु अब सुचारु हुने

MadhesKhabar

निर्वाचन आयाेगमा कांग्रेसले समानुपातिक बन्दसूची दुई वटा बुझाएकाे खुलासा

MadhesKhabar

Leave a Comment