Madhes Khabar
स्थानिय हेडलाइन

बारामा गाजा खेती फडानी गर्ने अभियान फेरि शुरु

वीरगन्ज,११पुस : बारामा प्रहरीले फेरि गाजा खेती नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ । निर्वाचनका कारण केहि महिना रोकिएको गाजा खेती फाडानी अभियान सोमबार देखि फेरि शुरु गरेको हो ।

यसैक्रममा सोमबार निजगढमा प्रहरीले ठूलो परिमाणमा गाजा खेती फडानी गरेको छ । निजगढ नगरपालिका वडा नम्बर १२ र १३ मा पर्ने कुलियामा लगाइएको गाजा खेती प्रहरीले फडानी गरि नष्ट गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कुलियामा १७ कठ्ठा जग्गामा लगाइएको गाजाको बोट फडानी गरेपछि जलाएर नष्ट गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेस थापाले जानकारी दिए ।गाजा रोप्ने व्याक्तिको भने खोजी भइरहेको उनले बताए ।

Related posts

चिसो बढेसंगै पर्साको ग्रामीण भेगमा बिरामीको संख्यामा बृद्धि

MadhesKhabar

वीरगन्जको स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतले लगायो रोक

MadhesKhabar

निर्वाचन आचारसंहिता उल्लघंन भइरहे आयोग चुप लागेर बस्दैन

MadhesKhabar

Leave a Comment