Madhes Khabar
राजनीति हेडलाइन

प्रह्रलाद गिरी माथि कारबाही गर्न जनार्दन क्षेत्रीको माग

मधेसखबर
वीरगन्ज , २६ असोज : आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा सत्ता गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवारको विषयलाइ लिएर काँग्रेस र नेकपा एकिकृत समाजवादी बिचको विवाद झनझनै चर्किंदै गएको छ ।
गठबन्धनकै दुइ दलले एउटै क्षेत्रमा आ आफनो उम्मेदवारी दर्ता गराएपछि त्यस क्षेत्रको गठबन्धनका आधिकारिक उम्मेदवार को भन्ने विवादे उग्र रुप लिएको छ ।

काङ्ग्रेसबाट उम्मेदवारी दर्ता गराएका जनार्दन सिंह क्षेत्री र नेकपा एसबाट उम्मेदवारी दर्ता गराएका प्रह्लाद गरी दुवैले आफूलाई सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार बताउदै चुनावी प्रचार गरिरहेका छन् ।

यसैबिच बुधबार काँग्रेसका क्षेत्रीले आफू नै सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार भएको दावी गर्दै नेकपा एसका उम्मेदवार गिरि माथि कारवाही गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतिको कार्यालयमा निवेदन दिएका छन् ।क्षेत्रीले बुधबार पोखरीया स्थित मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा पुगेर गिरिले सामाजिक सञ्जाल मार्फत काङ्ग्रेसको चुनाव चिन्ह रुक छापलाई दुरुपयोग गरी भ्रामक प्रचार प्रसार गरेको आरोप लगाउँदै उनीमाथि कारवाही गर्न माग गरेका हुन् ।

क्षेत्रीको निवेदनमा भनिएको छ , “प्रह्लाद गिरीले पनि पर्सा निर्वाचन निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यको लागि उम्मेदवारी दिइ नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुख छापलाई दुरुपयोग गरी भ्रामक रुपमा समाजिक सञ्जाल मार्फत प्रचार प्रसार गर्ने कार्य गर्नु भएकोले सोबाट मेरो उम्मेदवारीमा प्रत्यक्ष प्रभाव पर्ने भएको हुँदा उक्त कार्य पार्टीको निर्णय तथा अचारसहिंता विपरित भएकोले आवश्यक कारवाहीको लागि यो निवेदन पेश गरेको छु।

 

गिरि २०७४ को निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरमबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । केही महिना अगाडि सम्म संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका गिरी केही दिन अगाडि मात्रै नेकपा एमालेमा प्रवेश गरेका थिए । यद्दपी जसपा–एमालेको गठबन्धन हुँदा उनको टिकट खोसीएपछि अन्तिम समयमा गिरी नेकपा (एस) प्रवेश गरी टिकट हात पारेका हुन् ।

Related posts

स्वास्थ्यमन्त्री यादवको पहिलो निर्णय :वीरगन्जको नारायणीसहित ठूला अस्पतालमा जनशक्ति थप गर्ने

MadhesKhabar

परिवर्तनको प्रत्याभुती गराउने लोसपा उम्मेदवार रमेश कुर्मीको प्रतिबद्धता

MadhesKhabar

उज्यालो वीरगन्ज अभियान : झिलिमिली बन्दै वीरगन्ज महानगर

MadhesKhabar

Leave a Comment