Madhes Khabar
समाज हेडलाइन

राैतहटमा बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार:चारपाटा मुडेर गाउँ डुलाइयाे,मलमुत्रपनि खुवाइयाे

राैतहट,२२भदाैं:राैतहटमा बोक्सीको आरोपमा एक महिलामाथि अमानवीय व्यवहार गर्दै निर्घात कुटपिट पनि गरिएको छ ।

गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियाका दिनेश साहकी ३७ वर्षीया श्रीमती संगीता देवीको बोक्सीले लगाएको टुनामुनाका कारण ज्यान गएको भन्दै मृतकका परिवारजनले छिमेकी ५५ वर्षीया महिलालाई चारपाटे कपाल काटेर मलमुत्र समेत खुवाएर निर्घात कुटपिट गरेका हुन् ।

लामो समयदेखि दिनेशकी श्रमति संगिता बिरामी रहेको र आइतबार बिहान मृत्यु भएपछि बोक्सीले टुनामुना गरेको कारण उनको ज्यान गएको भन्दै छिमेकी ५५ वर्षीया महिलालाई निर्घात कुटपिट गरी कपाल काटेर मलमुत्र खुवाएर गाउँमा समेत घुमाएको पीडित महिलाका श्रीमानले आरोप लगाएका छन्।

 

श्रीमती संगिताको मृत्यु भएपछि दिनेशका २२ वर्षीय छोरा गोल साह, छिमेकी विक्रम साहसहितको समूहले ५५ वर्षीया ती महिलामाथि अमानवीय व्यवहार गरेको पीडित पक्षको भनाइ छ ।

सामुहिक कुटपिटबाट घाइते भएकी महिलाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए ।

बोक्सी आरोपमा महिलामाथि कुटपिट र दुर्व्यवहार भएको घटना थाहा पाए लगतै गाउँमा प्रहरी गएको र बोक्सी भनेर कुटपिट गर्ने सबै फरार भएको कार्कीले बताए ।

घटना कसरी भयो?

कुटपिट गर्ने मध्येका दिनेश साह कानुकी श्रीमती ३७ वर्षीया संगीता देवी आइतबार विहान अक्स्मात बिरामी भएकी थिइन् । त्यसपछि परिवारका सदस्यहरुले उनलाई उपचारका लागि गरुडास्थित रहेको रोमा हस्पिटलमा लगेका थिए ।

तर रोमा हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्जतर्फ लैजाने क्रममा संगीताको दिउँसो २ बजेको समयमा बाटोमै मृत्यु भएको थियो ।

छिमेकी महिलाले नै टुनामुना लगाएको कारण बिरामी भई संगीताको मृत्यु भएको भन्दै मृतक संगीता देवीका श्रीमान् दिनेश साह कानु लगायत ७/८ जनाले मिलेर कुटपिट गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

बोक्सीको आरोपमा कुटपिटमा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको कार्कीले बताए ।

पीडित परिवारले दोषीलाई पक्राउ गरी कार्यवाही गर्न भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दरखास्त दिएका छन् । बोक्सीको आरोपमा अधवैशे महिलालाई अमानवीय व्यवहार गर्ने दोषीहरुमाथी मुद्दा चलाउने प्रहरीको तयारी छ ।

घटना बारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।मदन ठाकुर/नागरिक

Related posts

आमाको मुख हेर्ने दिनको उपलक्ष्यमा वीरगन्जमा ४ सय ५० आमाहरु सम्मानित

MadhesKhabar

एसिया कप क्रिकेट : आज नेपालले भारतसंग खेल्दै

MadhesKhabar

बाराका क्रिकेटर अनिल साहलाई जनकपुरले १५ लाखमा किन्यो

MadhesKhabar

Leave a Comment