Madhes Khabar
खेलकुद हेडलाइन

बाराका क्रिकेटर अनिल साहलाई जनकपुरले १५ लाखमा किन्यो

काठमाडौं,२०असोजःनेपाल राष्ट्रिय क्रिकेट टिमका विकेट किपर र ब्याटर अनिलकुमार साह, नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

एनपिएलका लागि काठमाडोंमा आइतबार भएको खेलाडी अक्सन( खरिदबिक्री ) प्रकृयामा बाराको कलैया निवासी साहलाई जनकपुर बोल्ट्सले १५ लाख रुपैयाँमा खरिद गरेको हो । अक्सनमा साहले न्यूनतम १० लाख रुपैयाँ राखेका थिए । उनलाई किन्न अक्सनमा सबै ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । साहलाई लक्की ड्रमार्फत जनकपुरले पाएको हो । जारी अक्सनमा सबै ८ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन् ।

नेपाली राष्ट्रिय टोलीबाट पछिल्लो समय राम्रो प्रदर्शन गरेका कारणले साहले महँगो मूल्य पाएका हुन् । जनकपुर बोल्ट्समै पर्साको वीरगन्जका आसिफ शेख मार्की खेलाडीको रुपमा छन् ।

एनपिएल क्रिकेट आगामी मंसिर १६ गतेदेखि काठमाडौंमा सुरु हुदैछ । एनपिएलमा आठ टोलीले खेल्ने छन् ।

Related posts

जलवायु परिवर्तनको असर :मधेसमा फेरि चापाकल सुक्न थालेपछि खानेपानीको समस्या बिकराल बन्दै

MadhesKhabar

वीरगन्जमा सडकका कुकुरहरुकाे गरियाे नशबन्दी

MadhesKhabar

घडीअर्वा छठघाटको सम्पूर्ण तयारी पुरा, सजावटमा १६ लाख खर्च

MadhesKhabar

Leave a Comment