Madhes Khabar
खेलकुद हेडलाइन

एसिया कप क्रिकेट : आज नेपालले भारतसंग खेल्दै

वीरगन्ज ,१८भदाैं: एसिया कप क्रिकेटमा नेपालले साेमबार भारतसँग खेल्दैछ । नेवाल र भारतबिचकाे खेल साेमबार अपरान्ह दिउँसो सवा ३ बजे श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुनेछ ।

साेमबारको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भारतले सुपर फोरमा स्थान बनाउने छ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् ।

नेपालले सन् २०१७ मा भने भारतको १९ वर्षमुनिको टोलीसँग खेलेको थियो ।

समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानबिचको खेल वर्षाका कारण रद्द भएको थियो ।

समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ ।त्यस्तै, भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान सुपर फोरमा पुगिसकेको छ ।

भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ ।

यसैबीच, भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले एसिया कप अन्तर्गत साेमबार नेपालसँगको खेल गुमाउने भएका छन् । बुमराह व्यक्तिगत कारणले श्रीलङ्काबाट भारत प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Related posts

वीरगन्ज-१० मा आयाेजित क्रिकेट टुर्नामेन्टकाे उपाधि जनकपुरले जित्याे

MadhesKhabar

पर्साबाट कांग्रेसको समानुपातिक उम्मेदवार १ जना मात्रै : को हुन् सुजाता देवी ?

MadhesKhabar

च्याम्पियन्स ट्रफीमा आज भारत र न्युजिल्याण्ड भिड्दै

MadhesKhabar

Leave a Comment