वीरगन्ज,१६फागुनःनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी शहिदहरुको बलिदानी खेर जान नदिने बताएका छन् । शनिबार वीरगन्जमा नेपाली कांग्रेस पर्साले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै थापाले जेनजी आन्दोलनमा जीवन गुमाएका युवाहरुको सपना पुरा गर्नै संकल्प लिएर आएको बताए ।
उनले भने,‘जेनी आन्दोलनमा दर्जनौ युवाहरुले जीवन गुमाउनु परेको छ ।जसले आफना छोराछोरी गुमाएका छन्, उनिहरुका लागि यो चुनावमा कस्ले जित्छ ? कस्ले हार्दैछ ? भन्ने कुरा गौण छ । उनिहरुका लागि चिन्ताको विषय भनेको शहादत दिएका आफ्ना छोराहरुको सपना बाँच्छ कि सपनाको मलामी जानुपर्छ भन्ने छ ।त्यो चिन्ता हामीलाई पनि छ । त्यो सपनालाइ हामीले हार्न दिन्नौ , कांग्रेसले हार्न दिन्न । ती सपनाहरु पुरा गर्न कांग्रेसले संकल्प लिएर आएको छ ।’
थापाले देश हाक्ने नेतृत्वको गति मात्रै नभएर मति पनि ठीक हुनुपर्ने बताए । विगतमा भएका गल्तीहरु अब नदोहोर्याउने भन्दै उनले भने,‘चर्को स्वरमा बोलेर स्पीडका कुरा गर्नेहरु पनि छन् । स्पीड त चाहिन्छ, तर चलाउने चालकको मतिपनि ठीक हुनुपर्छ । उत्ताउलो भएर मात्रैै हुदैन सुझबुझपनि हुनुपर्छ । कांग्रेसको प्रतिबद्धता छ कि अबको ५ वर्षसमम हामी देशलाई स्पीडका साथ अगाडि लिएर जान्छौ ।तर गाडीलाई दुर्घटनामा पर्न दिदैनौं , यो कांग्रेसको ग्यारेन्टी हो ’ ।
नबढ्ने र आर्थिक गतिविधि नबढेसम्म रोजगारी सृजना नहुने भन्दै उनले त्यसका कारण नीजी क्षेत्रको मनोबल बढाउने स्पष्ट खाका कांग्रेससंग रहेको बताए ।
उनले आँफुलाई नयाँ नयाँ भन्नेहरुको भ्रममा नपर्न आग्रहपनि गरे ।उनले भने,‘ २०६४ सालमा माओवादी पनि नयाँ नयाँ भन्दै डम्फु बजाउँदै आएको थियो । सबै पुराना खराब, हामीमात्रै नयाँ ,हामी मात्रै ठिक अरु सब बेठीक भन्यो। नयाँ नेपाल भनेर भित्ता भित्तामा लेखेकै थियो । तर देशको हालत के भयो ? मुखले नयाँ नयाँ भनेर मात्रै केहि हुनेवाला छैन । नयाँका लागि सपना चाहिन्छ । संकल्प चाहिन्छ । त्यो सपना र संकल्प कांग्रेससंग छ ।’
हिजो कांग्रेस,एमाले,माओवदी र मधेसी दलमा भएकाहरु अहिले टिकट किनेर अरु दलको उम्मेदवार बन्दैमा नयाँ नहुने आइरहेको टीप्पणी उनले गरे ।
नेपाली जनताका कथा र व्यथा अबको ५ वर्षमा समाधान गर्ने सपना र संकल्पका साथ कांग्रेस जनताको माझ यो चुनावमा आएको उनले बताए ।पर्सा जिल्लाको चार वटै क्षेत्रमा कांग्रेसले जित्ने दाबीपनि उनले गरे ।
कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्रीको अध्यक्षतामा भएको आमसभालाई पर्साका चार वटै क्षेत्रका कांग्रेस उम्मेदवार, संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य, चारै क्षेत्रका क्षेत्रीय सभापति, नेविसंघ पर्साका सभापति रमेश यादव, नेपाल तरुण दल पर्साका सभापति विकास तिवारी लगायतलेपनि सम्बोधन गरेका थिए ।

