
वीरगन्ज,११फागुन :पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडीमा अभिभावक गुमाएर बेसहारा बनेका बिपन्न परिवारका दुई जना दुई बालिकाको पालनपोषण र शिक्षादिक्षाको जिम्मा लिन वीरगन्जको सानो पाइला नामक संस्था इच्छुक देखिएको छ ।
बुबा–आमाको निधनपछि आमाले छोडेर गएपछि मावलीमा बस्दै आएका १० बर्षिया प्रियंका ठाकुर र सात बर्षिया अनिषा ठाकुरकी हजुरआमाकोपनि फागुन ३ गते निधन भएपछि बेसाहारा बनेका उनिहरुको पालनपोषण, शिक्षा लगायत सम्पूर्ण जिम्मा लिन सानो पाइला अगाडि सरेको हो ।
बुबा–आमा दुवै गुमाएर मावलीमा बस्दै आएका ती दुवै बालिकाको एकमात्र सहारा हजुरआमाकोपनि निधन भएपछि बेसहारा बनेको र जायजेथाको नाममा एउटा फुसको mुपडी बाहेक केहिपनि नरहेको अवस्था देखिएपछि उनिहरुको सम्पूर्ण जिम्मा संस्थाले लिने निर्णय गरेको सानो पाइलाका कम्युनिकेशन अफिसर विवेक कर्णले बताए ।
फागुन ३ गते निधन भएकी हजुरआामालाई १० बर्षिया प्रियंकाले नै दागबत्ती दिएकी थिइन् । १३ दिनको क्रियामा उनि नै बसेकी छन् ।
कर्णका अनुसार,ती दुवै बालिका बेसहारा बनेको खबर सामाजिक सञ्जालबाट थाहा पाएपछि बिहीबार संस्थाको टोली लंगडीस्थित उनिहरुको मावलीघरमा पुगेको थियो ।त्यहाँ पुग्दा बेसहारा बनेका ती दुवै बालिकाको अवस्था निक्कै दयनिय भएको देखिएप्छि उनिहरुको पालनपोषण,शिक्षा लगायत सम्पूर्ण जिम्मा संस्थाले लिने निर्णय गरेको कर्णले जानकारी गराए ।
१३ दिनको काजक्रिया सकिएपछि आगामी सोमबार संस्थाको टोली फेरि लंगडी जाने र त्यहि दिन उनिहरुलाई उद्धार गरेर संस्थाको वीरगन्जस्थित कार्यालयमा ल्याउने कर्णले बताए ।सोनो पाइलाले सु्निश्चत भविष्य परियोजना अन्तर्गत वीरगन्ज र जनकपुरमा गरि दुई ठाँउमा बालगृह सञ्चालन गरेको छ ।दुवै बालगृहमा गरि जोखिममा परेका र अभिभावकविहिन भएका गरी २४ जना बालबालिका बालगृहको संरक्षणमा राखिएका छन् ।ती दुवै बालिकालाईपनि वीरगन्जस्थित बालगृहमा ल्याएर राखिने कर्णले मधेस खबरलाई बताए ।
उनले मधेस खबरलाई भने,‘बिहीबार हामी बालिकाहरुलाई गएर भेट्यौ । उनिहरु क्रियामा बसेका रहेछन् ।उनिहरुको अवस्था अत्यन्त दयनिय देखियो ।त्यसपछि वडाध्यक्ष अब्बास मियाँसंग भेटेर कुरा गर्यौ ।१३ दिनेको क्रिया सकेपछि फेरि फागुन १४ गते सोमबार हामी जान्छौ । पालिका अध्यक्ष र वडाध्यक्षसंग भेटेर पालिकाको बोर्ड बैठकबाटै आवश्यक निर्णय र प्रकृया पुरा गराएर दुवै बालिकाको उद्धार गरेर ल्याउँछौं।’
हजुरआमाको क्रियामा बेसहारा दुवै बालिकालाई क्रिया खर्चका लागि अहिले धेरै तर्फबाट सहयोग आइरहेकोले त्यो क्षणिकमात्र भएकोले दीर्घकालसम्म उनिहरुको भविष्य सुरक्षित गर्नका लागि संस्थाले जिम्मा लिने निर्णयमा पुगेको सानो पाइलाका संस्थापक कञ्चन झाले बताए ।
यता हजुरआामको कृयामा बसेका प्रियंका र अनिषालाई स्थानीय सामाजिक अभियन्ता र सञ्चारकर्मीहरुको आह्वानमा क्रिया खर्चका लागि दाताहरुले आर्थिक सहयोग गरिरहेका छन्। स्थानीय सञ्चारकर्मी राजन बानिया, सामाजिक अभियन्ता प्रकाश थारु लगायतले सामाजिक सञ्जालमार्फत सहयोगका लागि आह्वान गरेका हुन् । उक्त आह्वानपछि ती दुवै बालिकाको हजुरआमाको क्रिया खर्चका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । शुक्रबार साँझसम्म १ लाख ९५ हजार रुपैयाँ नगद सहयोग बापत संकलन भइसकेको तथा नगद र जिन्सीसहितको सहयोग आउने क्रम जारी नै रहेको सहयोगका लागि सामाजिक सञ्जालबाट आह्वान गरेका स्थानीय सञ्चारकर्मी राजनकुमार बानियाँले बताए ।
यस्तै लंगडीकै स्थानीय लालबाबु बानियाँले सानो पाइला लगायत अन्यपनि परोपकारी संस्थाले ती दुबै बालिकाको जिम्मा लिने प्रस्ताव गरिरहेको बताए । उनले भने,‘ पहिले १३ दिनको काजकृया सक्कियोस् । त्यसपछि वडाध्यक्ष, स्थानीय अगुवा सबै बसेर मात्रै कुन संस्थालाई उनिहरुको जिम्मा दिने हो त्यस बारे निर्णय गर्छौ । ’

