Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज महानगरले कडाई गरेपछि ५० प्रतिशतले बढ्यो व्यवसाय दर्ता

मधेसखबर
वीरगन्ज, १९ बैशाख : वीरगन्ज महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको छ । चालु आर्थिक वर्षमा महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्या ५० प्रतिशतले बढेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार , गत आर्थिक वर्ष २०७५/०७६ मा महानगरपालिकामा ४ हजार ३ सय ७७ व्यवसाय दर्ता भएको थियो । चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि बैशाख १५ सम्म अर्थात साढे ९ महिनामै त्यो संख्या ५० प्रतिशतले बढेर ६ हजार ५ सय ८३ पुगेको पौडेलले जानकारी दिए ।

महानगरपालिका कार्यालयको तथ्यांक अनुसार पछिल्लो ४ वर्षमा व्यवसाय गर्नेको संख्या २ हजार २ सय ६ थपिएको छ ।

व्यवसाय दर्तालाई प्रभावकारी बनाउन अहिले महानगरपालिकाले छुट्टै टोली नै परिचालन गरेको पौडेलले बताए । उक्त टोलीले उद्योग तथा पसलमा स्थलगत रुपमै पुगेर व्यवसाय नविकरण तथा नयाँ दर्ता गर्ने गरेको पौडेलले बताए ।व्यवसाय दर्ता महानगरका लागि दिगो आयस्रोत भएको र यसले राष्ट्रिय राजश्वमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले जुनसुकै व्यवसाय संचालन गर्न महानगरमा दर्ता अनिवार्य गरिएको उनले बताए ।

महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्या बढेसँगै राजश्व संलकनमा समेत बृद्धि भएको छ ।व्यवसाय दर्ताबाट गत आर्थिक वर्षमा १ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन भएकोमा चालु आर्थिक वर्षको बैशाख १५ गतेसम्ममा २ करोड १४ लाख रुपैयाँ राजश्व संकलन भइसकेको महानगरका राजश्व शाखा प्रमुख मनोज कुमार कर्णले जानकारी दिए ।

Related posts

सीए पढ्न अब काठमाडौं जानु पर्दैन, वीरगन्जमै खुल्यो ‘गुरुकुल सीए कलेज’

MadhesKhabar

बडादशैंको आठौं दिन आज महाअष्टमी मनाइदै

MadhesKhabar

पर्साको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा दुई दिनदेखि ठप्प

MadhesKhabar

Leave a Comment