Madhes Khabar
स्थानिय हेडलाइन

विधालयमै गएर शिक्षकहरुलाई हातपात गरेको आरोपमा प्रसौनीका वडाध्यक्ष कुशवाहा पक्राउ

वीरगन्ज,१२बैशाख : बाराको प्रसौनि गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।वडा अध्यक्ष कुशवाहाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलहियाको शिक्षकहरूलाई कुटपिट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ।

बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले राष्ट्रिय माध्यमिक विद्यालय बेलहियाका शिक्षकलाई हातपात गरेको आरोपमा छानबिनको लागि वडा अध्यक्ष कुशवाहालाई नियन्त्रणमा लिएको बताए ।

विधालयका प्रधानाध्यापक पवन कुमार सिंहले मंगलबार बिहान मदिरा सेवन गरि विधालयमा आएका वडाध्यक्ष कुशवाहाले आफुसहितका शिक्षकहरुलाई गालीगलौज गर्दै हातपात पनि गरेको ताए ।

सिंहका अनुसार मंगलबार बिहान विधार्थी भर्ना अभियानका लागि टोलमा सचेतनामुलक रयाली निकाल्न शिक्षकहरुले विधार्थीहरुलाई विधालयमा लाइन लगाइरहेका थिए । त्यहिबेला आएका कुशवाहाले मदिराको नसामा तथानाम गाली गलौज गर्दै  हातपात पनि गरेपछि प्रहरीलाइ खबर गरेको र प्रहरीले उनलाई पक्रेर लगेको प्रअ सिंहले बताए ।

Related posts

नालामाथि बनेका संरचना ७ दिन भित्र हटाउन वीरगन्ज महानगरकाे निर्देशन

MadhesKhabar

बाराकाे आधाभारमा बाेलेराे र ट्रक ठाेक्किदाँ दुई जनाकाे मृत्यु

MadhesKhabar

कृषि उद्यमी र किसानलाई प्रोत्साहित गर्न राष्ट्र बैंकका गर्भनर अधिकारीको निर्देशन

MadhesKhabar

Leave a Comment