Madhes Khabar
स्थानिय हेडलाइन

विधालयमै गएर शिक्षकहरुलाई हातपात गरेको आरोपमा प्रसौनीका वडाध्यक्ष कुशवाहा पक्राउ

वीरगन्ज,१२बैशाख : बाराको प्रसौनि गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।वडा अध्यक्ष कुशवाहाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलहियाको शिक्षकहरूलाई कुटपिट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ।

बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले राष्ट्रिय माध्यमिक विद्यालय बेलहियाका शिक्षकलाई हातपात गरेको आरोपमा छानबिनको लागि वडा अध्यक्ष कुशवाहालाई नियन्त्रणमा लिएको बताए ।

विधालयका प्रधानाध्यापक पवन कुमार सिंहले मंगलबार बिहान मदिरा सेवन गरि विधालयमा आएका वडाध्यक्ष कुशवाहाले आफुसहितका शिक्षकहरुलाई गालीगलौज गर्दै हातपात पनि गरेको ताए ।

सिंहका अनुसार मंगलबार बिहान विधार्थी भर्ना अभियानका लागि टोलमा सचेतनामुलक रयाली निकाल्न शिक्षकहरुले विधार्थीहरुलाई विधालयमा लाइन लगाइरहेका थिए । त्यहिबेला आएका कुशवाहाले मदिराको नसामा तथानाम गाली गलौज गर्दै  हातपात पनि गरेपछि प्रहरीलाइ खबर गरेको र प्रहरीले उनलाई पक्रेर लगेको प्रअ सिंहले बताए ।

Related posts

जनप्रतिनिधिको सुशासन प्रभाव : वीरगन्ज महानगरमा वर्षेनी घट्दै बेरुजु रकम

MadhesKhabar

सिर्सिया सुक्खा बन्दरगाहको जग्गा अधिग्रहण प्रक्रिया अझै टुंगिएन

MadhesKhabar

वीरगन्जका मतदाता भन्छन् : प्रदीप यादवलाई फेरी जिताएर संसदमा पठाउछाैं

MadhesKhabar

Leave a Comment