Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्जका मतदाता भन्छन् : प्रदीप यादवलाई फेरी जिताएर संसदमा पठाउछाैं

मधेसखबर
वीरगन्ज ,०१ मंसिर : प्रचारप्रसार गर्न पाउने आज अन्तिम दिन बिहीबार पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका लागि जसपा-एमाले गठबन्धनबाट साझा उम्मेदवार प्रदीप यादव वीरगन्जका विभिन्न वडाहरुमा पुगेर मतदातालाई भेटेका छन् ।

चुनावी घरदैलोका क्रममा उम्मेदवार यादवले वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली, वडा नम्बर १३ राधेमाई, वडा नम्बर १४ पिपरा, वडा नम्बर १६ नगवा र वडा नम्बर २० हरपतगञ्ज गरी ५ वडाका मतदातासँग भेटघाट गरेका हुन् ।

पाँच वटै वडामा पुगेर एमाले र जसपाको सयुँक्त घरदैलोका क्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादव र प्रदेश सभा सदस्यका उम्मेदवार विचारी प्रसाद यादवले चुनावी एजेण्डाका सम्बन्धमा छलफल गरेका छन् ।

मतदातासँग भेट्दै पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवले यसअघि ५ वर्षको कार्यकालमा आफुले गरेका कामको मूल्यांकन जनताले गर्ने विश्वास व्यक्त गरेका छन् ।

सांसद् र मन्त्री बन्दा पनि यही क्षेत्रका जनताको आवाज आफुले उठाएको र यही क्षेत्रको विकास र समृद्धिका लागि पैरवी गर्दै आएको यादवको भनाई छ ।

भौतिक पूर्वाधार निर्माणसँगै सामाजिक क्षेत्रमा पनि सँधै सक्रिय रहने यादवले फेरी पनि जित्नुपर्ने स्थानीय मतदाताको प्रतिक्रिया थियो । ५ वर्षभन्दा अघिका जुन सांसद् आएपनि केही काम नगरेकोमा यादवले ५ वर्षमा धेरै काम गरेको त्यस क्षेत्रका बासिन्दाले बताएका छन् ।

यसअघि सडक नै नभएका ठाउँमा आफ्नै पहलमा सडक बनाएको बताउँदै यादवले पनि अबको कार्यकालमा कच्ची सडक मुक्त क्षेत्र बनाउने दावी गरे । सडक सञ्जालको विस्तारबाट विद्यार्थी, कृषकदेखि अन्य पेशामा आबद्ध जनता प्रत्यक्ष लाभान्वित हुने र विकासको ढोका खुल्ने यादवको भनाई छ । यस क्षेत्रका लागि आफुले गरेको विकास र परिवर्तनको परिकल्पनालाई वास्तविकतामा बदल्नका लागि फेरी एकपटक छाता छापमा मतदान गरेर निर्वाचित गराउन यादवले आग्रह गरेका छन् ।

महिलालाई सशक्तीकरण बनाउनुका साथै आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै यादवले महिलामुखी योजना र नीति निर्माणका लागि पहल गर्ने बताए । महिलालाई शिक्षित र दक्ष बनाउँदै उनीहरुमा उद्यमशीलताको विकास गर्न अबको प्राथामिकताको विषय हुने उनको भनाई छ ।

घरदैलोमा पर्साको क्षेत्र नम्बर १ (क) बाट जसपा र एमाले गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादव सहित गठबन्धनमा आवद्ध दलका नेता एवम् कार्यकर्ताहरुको सहभागीता थियो ।

Related posts

दोहोरो प्रेममा परेकी राधाले नै भारतीय सुटर बोलाएर रुपेशको हत्या गराएको पुष्टी

MadhesKhabar

न्याय माग्दै माईस्थानका स्थानीय अदालतमा

MadhesKhabar

वीरगन्ज बाल सुधारगृहबाट भागेका दुई बालकैदी भारतमा पक्राउ 

MadhesKhabar

Leave a Comment