Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा मधेस आन्दोलनका बेला भत्काइएकाे गिरिजा प्रसाद काेइरालाकाे शालिक फेरि अनावरण गरिने

मधेसखबर
वीरगन्ज ,०९ पुस: वीरगन्ज २ छपकैयाकाे इदगाह चाेकमा पूर्व प्रधानमन्त्री एंव नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद काेइरालाकाे पूर्णकदकाे शालिक पुन अनावरण गरिने भएकाे छ ।

गिरिजा प्रसाद (जिपी) कोईराला फाउण्डेशन पर्साले इदगाह चाेकमा निर्माण गरेकाे स्वर्गीय काेइरालाकाे शालिक मधेस आन्दाेलनका क्रममा आन्दाेलनकारीले भत्काएर ध्वस्त बनाएका थिए।

त्यहि स्थानमा फाउन्डेसनले फेरि काेइरालाकाे नयाँ शालिक निर्माण गरि अनावरण गर्न लागेकाे हाे ।पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद काेइरालाको १३ औं स्मृति दिवसमा आगामि चैत ७ गते काेइरालाकाे शालिक अनावरण गर्ने फाउन्डेसनका मधेस प्रदेश अध्यक्ष माेहम्मद शाहबुद्धिनले बताए ।

शनिबार वीरगन्जमा बसेकाे फाउन्डेसन पर्साकाे बैठकले याे निर्णय गरेकाे जानकारी उनले दिए ।यस्तै बैठकले काेइरालाकाे स्मृति दिवसमा वीरगन्जमा आगामी फागुन २७ गते देखि मधेस प्रदेश स्तरीय फुटबल प्रतियाेगिता आयाेजना गर्ने निर्णय पनि गरेकाे छ ।

फाउण्डेसन मधेस प्रदेशका अध्यक्ष शाहाबुद्धिनको अध्यक्षतामा बसेको बैठकले पूर्व कोइरालाको स्मृति दिवसको अवसरमै मसिर ४ काे र्निवाचनमा पर्साबाट र्निवाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुलाई पुस १५ गते सम्मान गर्ने र्निणय पनि गरेको फाउन्डेसनका काेषाध्यक्ष मनाेहर साहले जानकारी दिए ।

बैठकमा फाउण्डेसन पर्साका उपाध्यक्ष जयमंगल कापर, सचिव धिरज कुमार गुप्ता ,सह सचिव मिन्टु देवि सिंह, कोषाध्यक्ष मनोहर कुमार साह, सदस्यहरु जितेन्द्र सिहं, बाबुनन्द प्रसाद पटेल, फाउण्डेसनका प्रेस सल्लाहकार इरफान अली लगायतको सहभागिता थियाे ।

Related posts

पूर्वमन्त्री यादवसंगै वीरगन्जका मेयर, ६ जना वडाध्यक्ष लगायतका नेताहरु पनि जसपा छाडेर एमाले प्रवेश

MadhesKhabar

वीरगन्जको सिद्धार्थ बैंकमा भएकाे आगलागीबाट २ कराेड बढीकाे क्षति भएको अनुमान

MadhesKhabar

देउवाकाे मनाेमानी विरुद्धकाे धर्नामा पर्साका नेता कार्यकर्ता पनि सहभागी

MadhesKhabar

Leave a Comment