Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

छठ पूजाका लागि बेहुली झैं सजाइए वीरगन्जका छठ घाटहरु

छठ पूजाका लागि सजाइएकाे वीरगन्ज-१० आदर्शनगरस्थित स्वीमींग पुल छठघाट।

वीरगन्ज,२०कार्तिक : प्रकृति पूजा र सूर्य उपासनाको महापर्व छठ पूजाका लागि वीरगन्जमा मात्रै तीन दर्जन बढी जलाशयलाई छठ घाटका रुपमा सजाइएको छ । तीमध्ये घडिअर्वा पोखरी, रानीघाटको सरिसवा, आदर्शनगरको स्वीमींग पुल, नगवा पोखरी र मूर्ली पोखरीलाई छठघाटका रुपमा विशेष रुपमा सजाइएको छ ।

निक्कै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्ब विधिवत रुपमा मंगलबारदेखि सुरु भएको छ ।छठको मुख्य दिन कार्तिक २२ गते परेको छ । उक्त दिनलाई सँझिया घाटे भनिन्छ ।

षष्ठीका दिन पर्ने सँझिया घाटे र त्यसको भोलिपल्ट सप्तमी तिथीमा पर्ने भोरिया घाटेका दिन छठका ब्रतालुहरु छठघाटमा पुगेर जलाशयमा उभिएर छठी माता र सूर्य भगवान्को उपासना गर्दै अर्घ दिने गर्छन् ।

त्यसैका लागि वीरगन्ज महानगरमा रहेका जलाशय(पोखरी र नदी) लाई निक्कै आकर्षक तरिकाले साजसज्जा गरी छठघाटका रुपमा सजाइएको हो ।

वीरगन्ज–१० आदर्शनगरस्थित स्वीमींग पुल परिसरलाईपनि छठघाटका लागि बेहुली झैं सजाइएको छ । स्वीमींग पुल परिसरमा आकर्षक टेण्टपण्डाल र झिलिमिली विद्युतीय बत्ती लगाएर निक्कै आकर्षक तरिकाले सजाइएको स्वीमिंग पुल छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष मुकेश बर्णवालले बताए । उनका अनुसार , छठघाट सजावटमा करिब ७ लाख रुपैयाँ खर्च गरिएको छ ।

छठघाटमा आउने ब्रतालु र भक्तजनहरुको सेवा र सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीय स्वयंसेवकपनि खटाइने जानकारी उनले दिए।छठघाटमै खानेपानी,शाैचालयकाे प्रबन्ध मिलाइएको उनले बताए ।

यस्तै छठ घाटमा हुन सक्ने सम्भावित मानवीय क्षतिलाई मध्यनजर गरेर ३२ जनाका लागि ५ दिनका लागि दुर्घटना बीमापनि गरिएको जानकारी अध्यक्ष बर्णवालले जानकारी गराए।

 

यस्तै वीरगन्ज–१० मै पर्ने घडिअर्वा पोखरी छठ घाट, वडा नम्बर ११ रानीघाटमा पर्ने सरिसवा छठघाट, वीरगन्ज–१२ मा पर्ने मूर्ली पोखरी र वडा नम्बर १६ मा पर्ने नगवा पोखरीको छठघाट सजवाटको कामपनि अन्तिम चरणमा पुगेको आयोजक समितिहरुले जनाएका छन् ।

यसका साथै यहाँका बजारमा छठ पूजाका लागि चाहिने बाँसका नाङगलो , डालो , सुपली , टोकरी , माटोको कलश , दियो , पुजन सामाग्री र प्रसादमा प्रयोग हुने उखु , फलफुल , मिठाइ , हरियो तरकारी , गहुको पिठो , चिनी , तेल , नयाँ लत्ताकपडा लगायतका सामान किन्नेहरुको मंगलबार देखि नै भिडभाड बढेको छ ।

वीरगन्जको घण्टाघर चोक देखि माइस्थान चोक सम्मको सडकमै छठका पुजन सामाग्री , फलफुल र बासका सामाग्री बेच्न पसलहरु थापिएका छन् ।

ब्रतालुहरुले छठ पूजाका सामाग्री षष्ठी तिथीको बिहान सम्म पनि किन्ने भएकाले त्यस दिन सम्म पनि यहाँका बजारमा छठको किनमेल गर्नेहरुको भिड लाग्ने गर्छ ।

Related posts

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको उचित व्यवस्था गर्न मन्त्री यादवले दिए निर्देशन

MadhesKhabar

बिहारकाे रामगढवामा इट्टा भट्ठाकाे चिम्नि विस्फाेट हुदां कम्तिमा ६ जनाकाे मृत्यु

MadhesKhabar

वीरगन्ज उद्योग वाणिज्य संघकाे अध्यक्षमा पटवारी निर्विराेध निर्वाचित

MadhesKhabar

Leave a Comment