Madhes Khabar
साहित्य

वीरगन्जमा ‘मिथिलाको विवाह परम्परा’ पुस्तककाे विमोचन

वीरगन्ज,८कात्तिक :वीरगन्जमा शनिबार `मिथिलाकाे विवाह परम्परा´ नामक पुस्तककाे विमाेचन गरिएको छ। होटल कुमु प्यालेसमा आयाेजित कार्यक्रममा चञ्चला राजद्वारा लिखित ‘मिथिलाको विवाह परम्परा’ नामक पुस्तकको विमोचन गरिएको हाे।

कार्यक्रममा वरिष्ठ अधिवक्ता एवं पूर्वमन्त्री लक्ष्मण लाल कर्णले पुस्तकको विमोचन गर्दै मिथिला संस्कृति, रीतिरिवाज र परम्परागत मूल्यहरू संरक्षणमा यस पुस्तकले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

 

कार्यक्रममा बोल्ने वक्ताहरूले मिथिला समाजको सांस्कृतिक दस्तावेजीकरणमा यस पुस्तकले नयाँ दिशा दिने बताए। उनीहरूले पुस्तकले नयाँ पुस्तामा संस्कार र परम्पराबारे जानकारी र गर्व जगाउने अपेक्षा समेत व्यक्त गरे।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ उद्योगपति गणेश लाठ, मधेस विश्व विद्यालयका उपकुलपति डाक्टर दीपक शाक्य, महेश दास, उषा साह, मधु राणा, शिक्षिका अनिता साह, डा. अशोक दास, ध्रुबसिंह ठकुरी लगायतकाे उपस्थिति रहेको थियो।कार्यक्रमको सञ्चालन पंकज दासले गरेका थिए।

Related posts

भोजपुरी प्रतिष्ठान वीरगन्जद्वारा भिखारी ठाकुरको जन्मजयन्तीमा काव्य गोष्ठी आयोजना

MadhesKhabar

बिपिसीमा वक्तृत्वकला र कविता वाचन प्रतियोगिता : पटेल र चौधरी प्रथम

MadhesKhabar

‘वीरगन्जलाई आर्थिक नगरी भनिएपनि यसका ऐतिहासिक र सांस्कृतिक कथा पनि गज्जबका छन्’ 

MadhesKhabar

Leave a Comment