Madhes Khabar
समाचार हेडलाइन

बिहारकाे रामगढवामा इट्टा भट्ठाकाे चिम्नि विस्फाेट हुदां कम्तिमा ६ जनाकाे मृत्यु

फाेटाे: फेसबुकबाट

वीरगन्ज ,०८ पुस: नेपालसंग सिमा जाेडिएकाे भारतकाे बिहार राज्यकाे रामगढवामा शुक्रबार साँझ इट्टा भट्टाकाे चिम्नी विस्फाेट हुदा कम्तिमा ६ जनाकाे मृत्युु भएकाे छ। उक्त विस्फोटमा परि आधा दर्जन भन्दा बढि मानिस गम्भीर घाइते पनि भएका छन् ।

बिहारकाे रामगढवा थाना अन्तर्गत पर्ने नरिरगिर स्थित इट्टा भट्टमा शुक्रबार साँझ इट्टा पाेल्न चिम्नीमा आगाे बाल्ने क्रममा अचानक चिम्नी विस्फाेट भएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 

रक्साैलका भारतिय पत्रकार दिपक अग्निरथका अनुसार , विस्फाेटमा परि अहिले सम्म ६ जनाकाे मृत्युु भइसकेकाे भारतीय प्रहरीले पुष्टि गरेकाे छ ।उनका अनुसार करिब १५ जना भन्दा बढि मजदुर विस्फाेट भइ भत्किएकाे चिम्नीकाे भग्नावशेषमा पुरिएकाे आशंका छ ।

घटनास्थलमा वारुणयन्त्र र १० वटा एम्बुलेन्स सहितकाे टाेली पुगेर उद्धार कार्यमा जुटेकाे मोतिहारीका डीएम शीर्षत कपिल अशोकले जानकारी गराएकाे पत्रकार अग्निरथले बताए।

घाइतेहरुकाे रक्सौल स्थित एसआरपी हॉस्पिटलमा उपचार जारी रहेकाे र सबैकाे अवस्था गम्भीर रहेकाले मृत्यु हुनेकाे संख्या अझ थपिन सक्ने भारतीय प्रहरीले जनाएकाे छ ।

चिम्नि विस्फाेटका बेला त्यहाँ करिब ५० जना मजदुर कार्यरत रहेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Related posts

परिवारै मिलेर देवरबाट गराए बलात्कार

MadhesKhabar

भगवान यादवले अटेरी गरेपछि हरिखेतान क्याम्पसमा मेयर सिंहले चलाइदिए डाेजर

MadhesKhabar

मलको समस्या लिएर काठमाण्डौ पुगे सांसद चौरसिया : पर्साको लागि तत्काल कोटा थप्न माग

MadhesKhabar

Leave a Comment