काठमाडौँ,२मंसिरःस्वर्गीय पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले रोजगारी दिएको छ । स्व. सुरेशकी श्रीमती सुजन मगियालाई सुचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण कोषमा रोजगारी दिएको रजकका दाइ दिनेश रजकले बताए ।
मंगलबार सञ्चारमन्त्री जगदीश खरेलसहितको उपस्थितिमा मगियालाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको नियुक्ति दिइएको हो ।पत्रकार सुरेश रजकको २०८१ चैन १५ गते तीनकुनेमा राजावादीहरुको प्रदर्शनमा मृत्यु भएको थियो ।

