Madhes Khabar
समाचार

वीरगन्ज उद्योग वाणिज्य संघबाट सशस्त्र प्रहरी डिएसपी सुब्बा पुरस्कृत

वीरगन्ज,२भदौंःवीरगन्ज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक(डिएसपी)स्व. सुमन थपलियाको स्मृतिमा स्थापना गरेको ‘बेस्ट इन्टेग्रिटी’ अर्थात उत्कृष्ट इमान्दारीता पुरस्कार सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बालाई प्रदान गरेको छ । सुब्बा ,वीरगन्ज भन्सार कार्यालय परिसरमा स्थापित सशस्त्र प्रहरीको प्रतावित गुल्ममा कार्यरत थिए । अहिले उनि काठमाडौंस्थित सशस्त्र प्रहरीको मुख्यलायमा कार्यरत छन् ।

सोमबार वीरगन्ज उद्योग वाणिज्य संघकै सभाकक्षमा आयोजित कार्यक्रममा उक्त पुरस्कार सुब्बालाई प्रदान गरिएको हो । कार्यक्रममा संघका अध्यक्ष हरि गौतम तथा सशस्त्र प्रहरी महानिरीक्षक कृष्णप्रसाद ढकालले संयुक्त रूपमा २५ हजार रुपैयाँ राशीको उक्त पुस्कार सुब्बालाई प्रदान गरे ।

पर्सामा कार्यरत रहेका बेला हृदयघातका कारण निधन भएका सशस्त्र प्रहरी उपरीक्षक स्व. थपलियाको सत्यनिष्ठा, इमानदारी र कर्तव्यपरायणताको स्मृतिमा संघले उनको स्मृतिमा पुरस्कारको स्थापना गरेको भन्दै संघका अध्यक्ष गौतमले सुरक्षाकर्मीलाई इमानदार, निस्वार्थ र समर्पित भावनाले काम गर्न प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कारको स्थापना गरिएको बताए ।

संघका अध्यक्ष गौतमकै अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा संघका उपाध्यक्ष आशीषकुमार लाठ, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोज रुंगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव नरेशकुमार टिबडेवाल, प्रशासकीय अधिकृत मनोज उपाध्याय लगायतकाकोपनि सहभागिता थियो।

 

 

Related posts

धरान पुगेर मन्त्री यादवले भने :सस्तो लोकप्रियताको पछि नलागौं,खानेपानी समस्या समाधानमा जुटौं

MadhesKhabar

अध्यक्ष क्षीरसागरको घर र कार्यालयमा आगजनी गर्नेहरुलाई कारबाही गर्न तेली समाजको माग

MadhesKhabar

रौतहटमा जिउँदैलाई मरेको बनाएर विधवा भत्ता दिने वडाध्यक्षलाई कारबाहीको माग गर्दै उजुरी

MadhesKhabar

Leave a Comment