Madhes Khabar
स्थानिय हेडलाइन

पकहाँमैनपुर गाँउपालिकामा बल्ल तात्यो विपक्षी दल : ६ बुँदे सूचना माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा,५कात्तिकःपर्साको पकहाँ मैनपुर गाउँपालिकामा लामो समयदेखि देखिँदै आएका आर्थिक र प्रशासनिक अनियमितता विरुद्ध अन्ततः विपक्षी दल नेकपा (एमाले) खुलेर अघि आएको छ । नेकपा (एमाले) पकहा मैनपुर गाउँपालिका कमिटीका अध्यक्ष हामिद मियाँको नेतृत्वमा रहेको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा विभिन्न ६ बुँदे सूचना उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा गाउँपालिकाले आर्थिक वर्ष २०७९ देखि २०८२ सम्मको आम्दानी–खर्च विवरण, रेडबुक, कर्मचारी विवरण, सवारी साधनको अवस्था लगायतका सूचनाहरू पटक–पटक माग गर्दा पनि नदिएको भन्दै प्रशासनमार्फत ती विवरण सार्वजनिक गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउने क्रममा एमाले उपाध्यक्ष नवल पटेल, सचिव सन्तोष चौरसिया, पूर्व गाउँपालिका अध्यक्ष विजय चौरसिया, एमाले नेता प्रह्लाद गिरी लगायतको उपस्थिति रहेको थियो ।

एमाले अध्यक्ष हामिद मियाँले गाउँपालिकामा जनताको करको दुरुपयोग भइरहेको आरोप लगाउँदै स्थानीय प्रशासनले तत्काल हस्तक्षेप गर्नुपर्ने बताए । उनले भने, “विकासका लागि आएको पैसा केही व्यक्तिहरूको स्वार्थमा खर्च भइरहेको छ, त्यसको सत्यता सार्वजनिक गर्नुपर्ने माग गरेका छौं ।”

यदि मागिएका सूचना र विवरण समयमै सार्वजनिक नगरे गाउँपालिकाविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीपनि एमालेले दिएको छ ।

Related posts

मधेस प्रदेशमा ३ प्रतिशत जनतालाई मात्र खानेपानीको सुविधा

MadhesKhabar

पर्साकाे प्रसाैनीमा चक्कु प्रहार गरी एक जनाकाे हत्या

MadhesKhabar

पर्साको दशगजा क्षेत्रमा गाडिएको अवस्थामा भेटिएको दुवै शवको पहिचान खुल्यो

MadhesKhabar

Leave a Comment