Madhes Khabar
स्वास्थ्य हेडलाइन

डाक्टरहरुकाे आन्दोलन : वीरगन्जका अस्पताल र क्लिनिकमा ओेपिडी सेवा बन्द

वीरगन्ज,१२असाेज: चिकित्सकमाथि भइरहेका आक्रमणको विराेधमा वीरगन्जका अस्पताल र क्लिनिकहरुमा शुक्रबार बहिरंग (ओेपिडी)सेवा बन्द गरिएको छ ।

नेपाल चिकित्सक संघ नारायणी शाखाकाे आह्वानमा वीरगन्जका चिकित्सकहरुले शुक्रबार सरकारी तथा निजी अस्पताल , नर्सिङ हाेम, क्लिनिक र मेडिकल कलेजमा ओपिडी सेवा बन्द गरेका हुन् ।

चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डाक्टर मनोज गुप्ता र सचिव डाक्टर नौसाद हकले संयुक्त विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्य संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा बढीरहेको घटनाको घोर भत्स्रना गर्दै शुक्रबार ओपीडी सेवा बन्द गरिएकाे जनाएको हुन् ।

चिकित्सकमाथि कुटपिट र अस्पतालहरुमा गरिएकाे ताेडफाेडका घटनाहरुमा प्रहरी प्रशासन मुकदर्शक बनेको तथा सरकार र चिकित्सक संघबीच पटक पटक भएको वार्ता र सहमतिको बावजुद पनि चिकित्सक र स्वास्थ्यकर्मीहरु लगायतका स्वास्थ्य संस्थाहरुलाई सुरक्षा गर्न नेपाल सरकारका सुरक्षा निकायहरुले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको संघले जनाएको छ ।

सरकारले नागरिकको जीवन रक्षाका लागि अहोरात्र खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई सुरक्षा प्रदान गर्न नसकेको विरोधमा वीरगन्जमा शुक्रबार ओपीडी सेवा बन्द गरिएकाे संघले जनाएको हो ।

यसअघि बिहीबार र बुधबार वीरगन्जका चिकित्सकले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री माेहन बस्नेतको राजीनामा माग्दै विराेध जुलुश निकालेर प्रदर्शन गरेका थिए ।

क्याप्सन: बिहीबार वीरगन्जमा चिकित्सकले गरेकाे प्रदर्शन
।फाइल फाेटाे

Related posts

यू–१९ विश्वकपमा छनौट हुन सफल वीरगन्जकी सानाको घरमै पुगेर मन्त्री जयसवालले दिए बधाई

MadhesKhabar

वीरगन्जमा नाला सफा गर्दा भेटियो १०५ राउण्ड गोली

MadhesKhabar

नुवाकोटको शिवपुरी डाँँडामा ठोक्किएर हेलिकप्टर दुर्घटना

MadhesKhabar

Leave a Comment