Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको हरपतगञ्जमा ठेकेदारले सडक र नालाको काम अलपत्र छाडेपछि स्थानीयवासी आक्रोशित

वीरगन्ज,१०भदौंःवीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगन्जमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयसंग ठेक्का लिएर ठेकेदारले निर्माण गरिरहेको सडक र नालाको काम अधुरो र अलपत्र पारेर छाडि दिएका छन् ।

वडाध्यक्ष रामकिशोर सिंह परागका अनुसार,सडक निर्माणको ठेक्का लिएको पप्पु/स्वच्छन्द जेभीले सडक र नाला निर्माण कार्य विगत ३÷४ महिनादेखि अधुरो र अलपत्र पारेर छडेपछि सडक र नाला निर्माणका लागि खनिएका खाल्डोमा पानी जमेर दुर्गन्ध फैलिएको र त्यसले विभिन्न रोगको प्रकोप फैलने जोखिम बढेको छ ।

त्यसैका कारण सोमबार स्थानीय अगुवासहित वडाध्यक्ष परागले वीरगन्जस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमखलाई पत्र बुझाउँर्दै अधुरो सडक र नाला निर्माणको काम तत्काल सुचारु गराउन माग गरेका छन् ।महिनौंदेखि अधुरो रहेको सडक र नालाको निर्माण कार्यले स्थानीयवासीवासी हैरान भइसकेको भन्दै वडाध्यक्ष परागले विगत ३÷४ महिनादेखि निर्माण कार्य पूर्ण रूपमा रोकिएको बताएका छन् ।

निर्माण कार्य रोकिएपछि सडक र नाला निर्माणका लागि खनिएको खाल्डोपानी जमेर फोहोर तथा दुर्गन्ध फैलिएको तथा पानी जमेको स्थानमा लामखुट्टेको प्रकोप बढेर झाडापखाला,डेंगु,हैजा लगायतका खतरनाक संक्रामक रोगको जोखिम बढेको भन्दै स्थानीयहरू आक्रोशितपनि बनेको वडाध्यक्ष परागले बताएका छन्।

Related posts

उखु किसानहरुले एक वर्षपछि पाए सरकारी अनुदानको रकम

MadhesKhabar

उपेन्द्र यादव भन्छन् : सरकारबाट हामीले समर्थन फिर्ता लिएका छैनौ

MadhesKhabar

वीरगन्जमा अवैध रुपमा सञ्चालित ५ वटा कलेजमा सिलबन्दी

MadhesKhabar

Leave a Comment