Madhes Khabar
कृषि हेडलाइन

उखु किसानहरुले एक वर्षपछि पाए सरकारी अनुदानको रकम

फाइल तस्बिर ।

वीरगन्ज,१९पुष:सर्लाहीका उखु किसानले एक वर्षपछि सरकारी अनुदानबापतको रकम पाएका छन् । सर्लाहीका उखु किसानहरुको खातामा सरकारी अनुदान बापतको रकम प्राप्त भएको नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।

सर्लाहीका किसानहरुले पटक–पटक आन्दोलन गरेपछि सरकारले अनुदानबापतको २९ करोड २५ लाख ५२ हजार सात सय ४९ रुपैयाँ किसानहरुकाे बैंक खातामा पठाएको मिलगेट उखु उत्पादक किसान समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले बताए ।उनका अनुसार गएकाे वर्ष उखुको मूल्य प्रतिक्विन्टल अनुदानसहित ६ सय १० रुपैयाँ निर्धारण गरिएको थियो । जसमा पाँच सय ४० रुपैयाँ चिनी मिल र ७० रुपैयाँ सरकारले उपलब्ध गराउने निर्णय भएको थियो ।

उखु किसानको खातामा रकम पठाइएकोले आफ्नो खातामा रकम आए/नआएको पक्का गर्न कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख एवं कोष नियन्त्रक निर्मल न्यौपानेले आग्रह गरेका छन् ।

सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेकोमा उद्योगीले प्रतिक्विन्टल पाँच सय ६५ र सरकारले ७० रुपैयाँ अनुदान दिनेछ । यस्तै मधेस प्रदेश सरकारले प्रतिक्विन्टल १० रुपैयाँ अनुदान दिने घोषणा गरिसकेको छ ।

Related posts

वीरगन्ज आएका रास्वपा उपसभापति वाग्लेले भने : अहिलेको प्रदेश र संघीयता देशका लागि बोझ भयो

MadhesKhabar

वीरगन्जको सडकमा फोहोर फाल्नेहरुलाई गरिएको कारबाहीबाट १ लाख ५८ हजार जरिवाना असुल

MadhesKhabar

सडकमा फोहोर फ्याँक्ने वडाध्यक्ष शाहलाईपनि वीरगन्ज महानगरले गर्यो कारबाही

MadhesKhabar

Leave a Comment