वीरगन्ज, ३ भदौ : वीरगन्ज महानगरपालिकाले सडकमा फोहोर फ्याँक्ने वडाध्यक्षलाइपनि कारबाही गरेको छ ।सडकमा जथाभाबी फोहोर फ्याँकेको भन्दै वीरगन्ज महानगरपालिकाले वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जयप्रकाश शाहलाई कारबाही गरेको हो ।
सडकमा जथाभाबी फोहोर फ्याँकेकोले वडाध्यक्ष शाहलाई महानगरपालिकाको सरसफाइ शाखाले २ हजार रुपैयाँ जरीबाना गरेको शाखा प्रमुख सरफुदिन मियाँले जाानकारी दिए ।वडाध्यक्ष शाहले आफ्नो घर अगाडी फोहोर फ्याँकेको गुनासो आएपछि उनलाई कारबाही स्वरूप महानगरपालिकाले २ हजार रुपैयाँ जरीवाना तिराएर दण्डित गरेको मियाँले बताए ।
महानगर क्षेत्रलाई सुन्दर, सफा र स्वच्छ शहर बनाउने उद्देश्यका साथ महानगरपालिकाले गत पुष दोश्रो सातादेखि सडक , पेटी , नाला वा खाली जग्गामा फोहोर फाल्नेलाई आर्थिक जरीवाना गरि कारबाही गर्दै आएको छ ।महानगरपालिकाले नियमित फोहोर उठाउन हरेक वडामा ट्याक्टर पठाउने गरेको छ ।

