वीरगन्ज,२७ बैशाख : वीरगन्ज महानगरपालिकाका मेयर राजेशममान सिंहले आतंकवादविरुद्धको हमलाप्रति समर्थन जनाएका छन् । शनिबार आफ्नो फेसबुक पेजमा एक स्टाटटस पोष्ट गर्दै महाानगगरका मेयर सिंहले गतत अप्रिल २२ ताारिखमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको घोर भत्र्सनापनि गरेका छन् ।
मेयर सिंहले आतंकवाद विरुद्ध अहिले भइरहेको लडाईमा आँफुहरुको साथ र समर्थन दुबै रहेको बताएका छन् । जुनसुकै नाम वाा स्वरुपको आतंकवादको विपक्षमा आँफु रहेको उनले बताएका छन् ।उनले भगवान गौतम बुद्धको देश नेपालबाट क्षेत्रीय तथा विश्व शान्ति र अमनचयनको कामनापनि गरेका छन् ।
फेसबुक पोष्टमा मेयर सिंहले लेखेका छन् –भारतको पहलगाममा भएको आतंकवादी हमलाको घोर भत्र्सना गर्दछौं । जुनसुकै नाम वा स्वरूपको आतंकवाद विरूद्दको लडाइँमा हाम्रो साथ र समर्थन छ । भगवान गौतम बुद्धको देशबाट हामी क्षेत्रीय तथा विश्व शान्ति र अमनचयन कायम होस् भन्ने चाहन्छौं ।
अप्रिल २२ मा भारतको जम्मु–कश्मीर प्रान्तको पर्यटकीयस्थल पहलगाममा आतंकवादीहरुको आक्रमणमा एक नेपालीसहित २६ पर्यटक माारिएपछि त्यसैलाई लिएर अहिले चार दिन यता भारत–पाकिस्तानबीच एकअर्काको देशमा आक्रमण गर्ने काम चलिररहेको छ । दुवै देशले एक–अर्काको सीमावर्ती क्षेत्रमा ड्रोन र एयरजेट मार्फत मिसाइल हमला गरिरहेका छन् ।


