Madhes Khabar
स्थानिय

बालविवाह, दाइजो जस्ता कुप्रथा पूर्ण रुपमा हटाउन यादव जातिपनि लाग्नुपर्छ : अध्यक्ष यशवन्त यादव

प्रमोद यादव
पर्सा,४कार्तिकः पर्साको सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले पर्सा जिल्लाका यादव जाति शिक्षा,रोजगारी र व्यवपार व्यवसायमा पछाडि परेको बताएका छन् ।

पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ मा गोपाल सेवा समितिको क्षेत्रीय समितिले आयोजना गरेको शुभाकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै अध्यक्ष यादवले हरेक क्षेत्रमा यादव जाति पछाडि परेकाले अब उच्च शिक्षामा जोड दिनुपर्ने बताए ।
अध्यक्ष यादवले मधेसी समाजमा विद्यमान बालविवाह, दाइजो जस्ता कुप्रथा र कुरुतीलाई पूर्ण रुपमा हटाउन यादव जातिले अहम भूमीका खेल्नुपर्ने बताए । यसमा आफ्नोपनि उत्तिक्कै भूमीका रहने उनले बताए । आफनो जाति समुदायमा रहेका गरिब जेहेन्दार विद्यार्थीको शिक्षादीक्षा अगाडि बढाउनका लागि सक्दो सहयोग गर्नेपनि उनले बताए ।

कार्यक्रममा शिक्षक हरिराज यादवले गोपाल सेवा समिति कुनै राजनीतिक दल नभई यादव जातिको उत्थान र सहयोगका लागि बनाइएको संस्था भएको बताए ।समाजसेवी शैलेन्द्र यादवले पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा गोपाल सेवा समितिको सकृयता बढाएर यादव जातिको वृतिविकासका लागि काम गर्नुपर्ने बताए ।

सञ्चारकर्मी प्रमोद यादवले गाई भैंसी पालन र परम्परागत कृषि पेशा यादव जातिको प्रमुख पेशा रहेको बतााए ।पर्सा जिल्लामा यादव जातिको जनसांख्यीक उपस्थिती बलियो रहेको बताउँदै उनले यादव जातिको उत्थानका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

गेपाल सेवा समितिका क्षेत्रीय अध्यक्ष नगेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा मनोज यादव, कृष्णमोहन यादव,रामनारायण यादव,पुरन यादव लगायतको सहभागिता थियो । गोपाल सेवा समितिको आउँदो दोस्रो बैठक मंसिर महिनाको अन्तिम शनिबार सखुवा प्रसौनीमा बस्ने निर्णय समेत कार्यक्रममा भएको सञ्चारकर्मी प्रमोद यादवले जानकारी दिए ।

Related posts

बारामा पिकअप गाडीकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्युु

MadhesKhabar

वीरगन्जको मेनरोड क्षेत्रमा विधुतको तार भूमिगत गर्न बजेट माग्दै मेयर सिंहले उर्जामन्त्रीलाई लेखे पत्र

MadhesKhabar

पर्सामा बाघको आक्रमणबाट एक युवक घाइते

MadhesKhabar

Leave a Comment