Madhes Khabar
स्थानिय

पर्सामा बाघको आक्रमणबाट एक युवक घाइते

फाइल तस्बिर ।

वीरगन्ज,२४भदाैं:पर्सामा बाघको आक्रमणबाट एक युवक घाइते भएका छन्। जिराभवानी गाउँपालिका वडा नंम्बर ५ हरैयाका २५ वर्षिय दशरथ माझी मुसहर रहेका छन्।

बाघको आक्रमणबाट माझीको कम्मर मुनीको पछाडीको भाग र दाहिने सांप्राेमा घाउ भएको छ ।बाघको आक्रमणबाट घाइते माझीको शंकरसरैया स्वास्थ्य चौकीमा उपचार गरिएकाे छ।

साेमबार दिउँसो गाँउनजिकैकाे राष्ट्रिय वनमा दाउरा लिन गएको बेला माझीलाई बाघले आक्रमण गरेकाे हाे।मुसहरसंगै ७ जना दाउरा खोज्न जंगलमा गएका थिए।जंगलमा दाउरा खाेज्ने क्रममा तीन जना छुटेको र त्यसैक्रममा माझीलाई बाघले आक्रमण गरेको र आँफुहरुले हाेहल्ला गरेपछि बाघ भागेकाे उनिसंगै रहेका उनका साथीले बताए।

Related posts

पानी माग्दै वीरगन्जका मुस्लिमले अल्लाहलाई गुहारे, इदगाहमा सामुहिक रुपमा गएर पढे नमाज

MadhesKhabar

गीता मन्दिर, मुर्ली लगायतका स्थानमा लाग्ने अनाधिकृत बजार बन्द गर्न वीरगन्ज महानगरको निर्देशन

MadhesKhabar

लामखुट्टे नियन्त्रणका लागि वीरगन्जमा औषधी छर्न सुरु

MadhesKhabar

Leave a Comment