
वीरगन्ज,२४भदाैं:पर्सामा बाघको आक्रमणबाट एक युवक घाइते भएका छन्। जिराभवानी गाउँपालिका वडा नंम्बर ५ हरैयाका २५ वर्षिय दशरथ माझी मुसहर रहेका छन्।
बाघको आक्रमणबाट माझीको कम्मर मुनीको पछाडीको भाग र दाहिने सांप्राेमा घाउ भएको छ ।बाघको आक्रमणबाट घाइते माझीको शंकरसरैया स्वास्थ्य चौकीमा उपचार गरिएकाे छ।
साेमबार दिउँसो गाँउनजिकैकाे राष्ट्रिय वनमा दाउरा लिन गएको बेला माझीलाई बाघले आक्रमण गरेकाे हाे।मुसहरसंगै ७ जना दाउरा खोज्न जंगलमा गएका थिए।जंगलमा दाउरा खाेज्ने क्रममा तीन जना छुटेको र त्यसैक्रममा माझीलाई बाघले आक्रमण गरेको र आँफुहरुले हाेहल्ला गरेपछि बाघ भागेकाे उनिसंगै रहेका उनका साथीले बताए।

