Madhes Khabar
स्थानिय हेडलाइन

होलीका दिन बारामा १ सय ९२ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

बारा,१४चैतः होलीका दिन गत सोमबार बारामा नियम विपरित चलाईएको १ सय ९२ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएर कारबाहीमा परेको छ ।

जिल्लाका विभिन्न स्थानबाट प्रहरीले १ सय ९२ वटा सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिदए ।

उनका अनुसार,होलीका दिन जिल्ला प्रहरी कार्यालय बाराको विशेष सुरक्षा योजना अनुसार परिचालित प्रहरीले शान्ति सुरक्षा प्रयोजनार्थ विभिन्न स्थानमा चेकिङ तथा अन्य प्रहरी कार्य सञ्चालन गरेको थियोे ।त्यहिक्रममा जिल्लाका विभिन्न स्थानबाट १ सय ९२ वटा सवारी साधनहरू नियन्त्रणमा लिई कारबाही गरिएको न्यौपानले बताए ।

होलीका दिन नियन्त्रणमा लिइएकामध्ये १ सय ७५ वटा सवारी साधनलाई कारबाही गरी त्यस बापत एक लाख ४५ हजार रूपैयाँ जरिवाना असुलउपर गरेर छाडिएको प्रहरी नायब उपरक्षिक न्यौपानेले जानकारी दिए । बाँकी १७ वटा सवारी साधन कारबाही प्रकृयामै रहेको उनले बताए ।

यसैगरी होलीका दिन मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई १८ जना मानिसलाई पक्राउ गरी आवश्यक कारबाही गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

Related posts

शिकारीवासमा नागरिकताबाट बञ्चितहरुलाई दैलोमै पुगेर सिडिओ अर्यालले दिए नागरिकता

MadhesKhabar

जगदम्बा उद्योगमा वीरगन्जका एक मजदुरकाे मृत्युु

MadhesKhabar

पर्साका ३ वटा पालिकाले कानुनको धज्जी उडाए :बजेट,नीति तथा कार्यक्रम निर्धारित समयमा ल्याएनन्

MadhesKhabar

Leave a Comment