Madhes Khabar
खेलकुद हेडलाइन

साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं,२कार्तिक: मलेसियामा जारी एसीसी यू१९ प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा तीनवटै खेलमा सानदार जित हासिल गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

बिहीबार भएको साउदीअरबविरुद्धको खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै ३०१ रनको जित निकाल्यो । ब्याटिङमा ओपनर अर्जुन कुमालले १४२ रनको किर्तिमानी इनिङ खेले भने बलिङमा दीपेश कँडेलले फेरि एकपटक ५ विकेटको सफलता पाए । एकपक्षीय खेलमा कुनै पनि क्षण साउदीअरबले नेपाललाई चुनौति दिन सकेन ।

नेपालले टस हारेर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३४७ रन बनाएको थियो । जवाफमा साउदी अरब ४६ बलमै अलआउट भएकाे हाे।

Related posts

वीरगन्जका सहकारीहरुकाे बदमाशीले किसानले पाएनन् मल

MadhesKhabar

नारायणी अस्पतालमा अख्तियारकाे छापा

MadhesKhabar

राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बन्छ : अजय चौरसिया

MadhesKhabar

Leave a Comment