Madhes Khabar
खेलकुद हेडलाइन

साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं,२कार्तिक: मलेसियामा जारी एसीसी यू१९ प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा तीनवटै खेलमा सानदार जित हासिल गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

बिहीबार भएको साउदीअरबविरुद्धको खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै ३०१ रनको जित निकाल्यो । ब्याटिङमा ओपनर अर्जुन कुमालले १४२ रनको किर्तिमानी इनिङ खेले भने बलिङमा दीपेश कँडेलले फेरि एकपटक ५ विकेटको सफलता पाए । एकपक्षीय खेलमा कुनै पनि क्षण साउदीअरबले नेपाललाई चुनौति दिन सकेन ।

नेपालले टस हारेर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३४७ रन बनाएको थियो । जवाफमा साउदी अरब ४६ बलमै अलआउट भएकाे हाे।

Related posts

कलैयाका क्याम्पस प्रमुख कुशवाहा हत्याको छानबिन माग गर्दै देशभरका क्याम्पस बन्द

MadhesKhabar

गाेपाल गिरी पत्रकारिता पुरस्कार प्रेस युनियनका श्रेष्ठले पाउने

MadhesKhabar

पर्सा १ काे सांसदका लागि वनमन्त्री यादवकाे एकल नाम सिफारिस

MadhesKhabar

Leave a Comment