Madhes Khabar
राजनीति हेडलाइन

पर्सा १ काे सांसदका लागि वनमन्त्री यादवकाे एकल नाम सिफारिस

धेसखबर
वीरगन्ज ,१८भदौं :जनता समाजवादी पार्टी (जसपा) ले आगामी निर्वाचनमा पर्साको निर्वाचन क्षेत्र नम्बर १ को संघीय सांसदमा पुन प्रदीप यादवलाई नै उम्मेदवार बनाउने भएको छ ।

जसपा क्षेत्र नम्बर १ को शनिबार बसेको बैठकले त्यहि क्षेत्रका निवर्तमान सांसद एंव वन तथा वातावरण यादवलाई उम्मेदवार बनाउने सिफारिस गरेको हो ।बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १ को संघीय सांसदमा यादवको एकल नाम सर्वसम्मत सिफारिस गरेकाे हाे ।

२०७४ काे निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार अनिल रुंगटालाई फराकिलाे मतान्तरले पराजित गर्दै तत्कालीन संघीय समाजवादी फाेरमबाट उम्मेदवार बनेका यादव सांसदमा निर्वाचित भएका थिए ।
शनिबारकाे बैठकमा प्रदेशसभा सदस्यहरु करिमा बेगम र जन्नत अन्सारी , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतको पनि सहभागीता रहेकाे थियाे ।

Related posts

टी–२० विश्वकपको पहिलो खेलमा नेपाल इंग्ल्यान्डसंग ४ रनले पराजित

MadhesKhabar

सर्वाेच्च अदालतमा वीरगन्जकाे मेनराेड विस्तार मुद्दाको अर्काे पेशी असाेज २२ गते

MadhesKhabar

फागुन २१ को निर्वाचनमा भाग लिन एमालेले निर्वाचन आयोगमा दियो निवेदन

MadhesKhabar

Leave a Comment