
काठमाडौं,९मंसिरःप्रतिनिधिसभाको २१ फागुनमा हुने निर्वाचनमा भाग लिन एमालेले मंगलबार निर्वाचन आयोगमा निवेदन दिएको छ । दल दर्ताका लागि केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी र केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्य आयोग पुगेका थिए ।
एमालेले दल दर्ताका लागि निवेदन दिएको आयोगका सूचना अधिकारी सुमन घिमिरे बताए ।आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ।

