Madhes Khabar
राजनीति

सरकारले नै प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिएको सांसद यादवको आरोप

वीरगन्ज,१९चैतःजनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले नेपाल प्रहरीको मनोबल गिराउने काम नगर्न सरकारलाई सुझाव दिएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक यादवले सुन तस्करी छानबिन समितिको प्रतिवेदनमाथि पनि अर्को छानबिनको काम अघि बढाएर सरकारले नेपाल प्रहरीको अनुसन्धानलाई हतोत्साहित बनाउने काम गरेकाले त्यसलाई तत्काल बन्द गर्नुपर्ने बताए ।

पर्सा क्षेत्र नम्बर १ का साांसदसमेत रहेका यादवले नेपाल प्रहरीले प्रविधिको अभावमा पनि अनुसन्धानको काममा एकपछि अर्को सफलता प्राप्त गरे पनि सरकारले नै उनीहरूमाथि छानबिन समिति बनाएर मनोबल गिराउने काम गरेको आरोप लगाए ।

उनले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै अघि बढ्नुपर्नेमा सरकारले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतमाथि नै छानबिन थालेर गल्ती गरेको जिकिर समेत गरे ।

पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले नेपाल प्रहरीको अनुसन्धानमाथि नै प्रभावित पार्ने काम सरकारले गर्न नहुने स्पष्ट पारे ।

Related posts

पर्सामा स्वतन्त्र उम्मेदवारी दिएका जसपाका ७ नेता पार्टीबाट निष्काशन

MadhesKhabar

माओवादीका केन्द्रिय सदस्य तथा पर्सा–४ का युव नेता शाक्य रास्वपामा प्रवेश

MadhesKhabar

काँग्रेसका क्षेत्रीय सदस्य ठाकुर सहितका नेताहरु जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment