Madhes Khabar
राजनीति हेडलाइन

प्रचण्ड–माधवको पार्टीद्धारा पर्साका चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस

वीरगन्ज,१३पुसः आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पर्साका चार वटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवाहरुको नाम सिफारिस गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ पर्साको निर्वाचन क्षेत्र नम्बर १ बाट रामदरस कुशवाहा, सुरेन्द्र गुप्ता, प्रभु यादव र सब्बा अन्सारी, क्षेत्र नम्बर २ बाट मनोज चौधरी, सत्यनारायण रौनियार र प्रभाकर गुप्ता, क्षेत्र नम्बर ३ बाट रामबाबु बैठा, छोटेलाल यादव र विक्रम चौरसिया तथा क्षेत्र नम्बर ४ बाट बलराम साह, जयप्रकाश थारु र मैनेजर साहको नाम सिफारिस गरेको छ ।

यस्तै समानुपातिकतर्फ पर्सा क्षेत्र नम्बर १ बाट बालगोपाल थापा, बाबुराम कौशिक, हिरा भट्टराई, दुर्गा क्षेत्री, अफसाना खातून, डा. राजू बैठा, नन्दकिशोर पंजियार, गजाधर पटेल, कदम रसूल, मन्जुर समानी, मञ्जु आलम, सलाम अन्सारी र राजकुमार यादव, क्षेत्र नम्बर २ बाट चिरञ्जीवी आचार्य, रामाश्रय राम, बलराम उपाध्याय, रामस्वरूप राम, सावित्री पोखरेल, बृजलाल पसवान, मेवालाल साह, विपिन यादव र रामेश्वर धानुकको नाम सिफारिस गरिएको छ ।

यस्तै समानुपातिक तर्फ नै क्षेत्र नम्बर ३ बाट किशोरी प्रसाद कुशवाहा, शिवजी प्रसाद सोनी, बालेश्वर थारु, सुनिता चौरसिया, लाल बिहारी राम, प्रहलाद गिरी र मिरोज अहमद तथा क्षेत्र नम्बर ४ बाट विजय प्रसाद महतो, शेषचाँद तारा कुमारी, हरेन्द्र हजरा, प्रतिमा गुप्ता, भोला महतो थारु, जियाउल हसन र लोकमान थापाको नाम सिफारिस गरिएको छ ।

केन्द्रिय कमिटिीमा गरिएको सिफारिस पत्रमा नेकपा माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतो थारु, जिल्ला संयोजक रामदरश कुशवाहा, नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापा, सह–इन्चार्ज मनोज चौधरी, जसपाका केन्द्रीय सदस्य शिवजी प्रसाद सोनी, जनसमाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य सत्यनारायण रौनियार र नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य फिरोज बादशाहले हस्ताक्षर गरेका छन् ।

 

 

Related posts

कर नतिर्ने वीरगन्जका १९ करदाताको सम्पति र बैंक खाता रोक्का

MadhesKhabar

वीरगन्ज नाकामा एसएसबीले गोली चलाएको प्रकरण : दुई जना पक्राउ, अरुकोपनि खोजी जारी

MadhesKhabar

एमाले नेता बस्नेत भन्छन् : नागको रुप धारण गरेर उपेन्द्र बारामा चुनाव लड्न आएका छन्

MadhesKhabar

Leave a Comment