काठमाडौं,६ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संसदीय दलको नेता निर्वाचित गर्न मतदान नगर्ने भएको छ।
पार्टीका शीर्ष नेताहरूको छलफलपछि पार्टीका सबै निर्वाचित सांसदहरूको सहमतिमै दलको नेता सर्वसम्मत निर्वाचित गर्ने तय गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई दलको नेता बनाउने तयारी गरिएको छ। उनलाई सर्वसम्मत दलको नेता बनाउने सहमति रास्वपाभित्र भएको हो।रास्वपाको हालको विधानमा दलको नेता निर्वाचनबाट चयन गर्ने व्यवस्था छ।
शीर्ष नेताहरूबीच सर्वम्मतिले दलको नेता छान्ने सहमति भएपछि त्यसको अनुमोदनका लागि चैत १२ गते रास्वपाको केन्द्रीय समिति बैठक बोलाइएको छ।

